Front Seat
Front SeatFront Seat

Front Seat

फ्रन्ट सिट: विदेशी कूटनीतिक नियोगमा बीस वर्ष

E-book
Rs 95
Genre:Nepali History
Language : Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937886291
ISBN10:9937886295

पछिल्लो बाहिरी पृष्ठबाट

किशनसिंह धामी करीब साढ़े पाँच दशकअघि दार्चुलाको विकट शङ्करपुर पस्तीमा जन्मेका हुन् । उज्यालो भविष्यको खोजी गर्दै त्यहाँबाट उनी काठमाडौँ पुगे । कसैलाई नबिझाउने तर कसैसँग नडग्ने स्वभावका उनले काठमाडौँमा जीवन धान्न साना-ठूला अनेक काम गर्नुपर्यो । अन्ततः उनी फ्रान्सेली राजदूतावासमा जागीरे बन्न सफल भए । 'फ्रन्टसिट' त्यहीँ कार्यरत रहँदाका अनुभवहरूको सँगालो हो ।

आँखाले देखेका, मनमा लागेका र समष्टिमा जीवनले भोगेका कुराहरूलाई कुनै फूलबुट्टा नभरी प्रस्तुत गर्नु धामीको लेखनको विशेषता हो । यस कृतिमा त्यही स्वाद पाउन सकिन्छ | उनका यसअघिका कृतिहरू हुन् : 'सवारी चालक र तिनका व्यथाहरू' (गाइड); 'अन्धकारको अनुसन्धान,' 'राजभक्ति माला,' 'शान्ति खोज्दै,' 'गजबार नभएको शहर' र 'एटलान्टिकका भँगालाहरू' (कविता-काव्य); 'कलेज गर्ललाई ईमेल' (उपन्यास) तथा 'गान्धी' (महात्मा गान्धीका सूक्तिहरूको नेपाली अनुवाद) । धामी 'न्युयोर्कका नेपाली कवि र कविता' का दुई सम्पादकमध्ये एक पनि हुन् । उनको समग्र पाटोलाई लिएर त्रिभुवन विश्वविद्यालयका शोधार्थी नेत्रप्रसाद फुयलले 'किशनसिंह धामीको जीवनी, व्यक्तित्व र कृतित्व' शीर्षक कृति पनि तयार गरेका छन् ।

विभिन्न पत्रपत्रिकामा दर्जनौँ सिर्जना र समीक्षाहरूको प्रकाशन गरेका तथा कैयौं सम्मान र पुरस्कार प्राप्त गरेका धामी अझ उज्यालो भविष्यको खोजी गर्दै केही वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

 

RELATED BOOKS