Suryabikram Gyawali

सूर्यविक्रम ज्ञवाली

सूर्यविक्रम ज्ञवालीको जन्म १९५५ साल जेठ २९ गते भारतको काशीमा भएको थियो । त्यहीँबाट यिनले प्रारम्भिक शिक्षा आर्जन गरे ।  पच्चीस वर्षा उमेरमा दार्जिलिङतिर लागे । 
ज्ञवाली सानैदेखि नेपाली भाषा, साहित्य र इतिहास भनेपछि मरिमेट्थे । नेपालीत्व ज्ञवालीको अति प्रिय चिज थियो । उनी नेपाली भाषाभाषीको सम्मानमा जुट्ने जोसुकै मान्छेको. पनि गीत गाउन सिपालु थिए ।
बनारसमा अध्ययनरत हुँदाहुँदै पनि ज्ञवाली नेपाली भाषाको सेवामा जुटे । यिनले त्यहाँबाट प्रकाशित हुने 'गोर्खाली' र 'जन्मभूमि' पत्रिकाको सम्पादन गरे । 
ज्ञवालीको नेपाली समालोचना, जीवनी, निबन्ध, इतिहास र संस्कृतिकाक्षेत्रमा अत्यन्तै ठूलो लगानी छ । वास्तवमा नेपाली साहित्य, जीवनी र इतिहासमा उनको पदार्पण नभएको भए यस क्षेत्रमा एउटा डरलाग्दो, कहालीलाग्दो र गहिरो खाडल पर्ने थियो । उनको जीवनको अथक परिश्रमका कारणले आज नेपाली समाज उनीबाट धन्य भएको छ । उनको यही योगदानको. कदरस्वरूप उनी गोरखादक्षिण बाहु प्रथम, त्रिशक्तिपट्ट दोस्रा, पृथ्वी प्रज्ञापुरस्कार र त्रिभुवन प्रज्ञापुरस्कारबाट विभूषित र सम्मानित भएका थिए । उनले भारतबाट केशरी हिन्दी तक्मा पनि प्राप्त गरेका थिए ।

Books by Suryabikram Gyawali

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode