सूर्यविक्रम ज्ञवालीको जन्म १९५५ साल जेठ २९ गते भारतको काशीमा भएको थियो । त्यहीँबाट यिनले प्रारम्भिक शिक्षा आर्जन गरे । पच्चीस वर्षा उमेरमा दार्जिलिङतिर लागे ।
ज्ञवाली सानैदेखि नेपाली भाषा, साहित्य र इतिहास भनेपछि मरिमेट्थे । नेपालीत्व ज्ञवालीको अति प्रिय चिज थियो । उनी नेपाली भाषाभाषीको सम्मानमा जुट्ने जोसुकै मान्छेको. पनि गीत गाउन सिपालु थिए ।
बनारसमा अध्ययनरत हुँदाहुँदै पनि ज्ञवाली नेपाली भाषाको सेवामा जुटे । यिनले त्यहाँबाट प्रकाशित हुने 'गोर्खाली' र 'जन्मभूमि' पत्रिकाको सम्पादन गरे ।
ज्ञवालीको नेपाली समालोचना, जीवनी, निबन्ध, इतिहास र संस्कृतिकाक्षेत्रमा अत्यन्तै ठूलो लगानी छ । वास्तवमा नेपाली साहित्य, जीवनी र इतिहासमा उनको पदार्पण नभएको भए यस क्षेत्रमा एउटा डरलाग्दो, कहालीलाग्दो र गहिरो खाडल पर्ने थियो । उनको जीवनको अथक परिश्रमका कारणले आज नेपाली समाज उनीबाट धन्य भएको छ । उनको यही योगदानको. कदरस्वरूप उनी गोरखादक्षिण बाहु प्रथम, त्रिशक्तिपट्ट दोस्रा, पृथ्वी प्रज्ञापुरस्कार र त्रिभुवन प्रज्ञापुरस्कारबाट विभूषित र सम्मानित भएका थिए । उनले भारतबाट केशरी हिन्दी तक्मा पनि प्राप्त गरेका थिए ।