चिज, केरा र डिजिटल केराबाट 'अनकट' सुरु गर्छु । त्यसपछि संसदमा प्रधानमन्त्रीको अनुपस्थिति र प्रधानन्यायाधीशको नियुक्ति सिफारिस प्रसंगको चर्चा गरौँला ।
१०० दिनको हनिमुन पिरियड पूरा नगरेका सरकारहरूका बारे टिप्पणी गर्न हामीलाई सामान्यतया हतारो हुनु हुँदैन । त्यसैले बालेन सरकारको विषयमा पनि टिप्पणी गर्न कुनै अतिरिक्त हतारो हुनु हुँदैन । शुभकामना छ, हेर्दै जाऔँ, हतारो के छ र भन्ने विचार आउँछ । तर, बालेन सरकारले ३ गुणा तीव्रताका साथ कामको थालनी गरेकाले टिप्पणी अवधिलाई अलिकति अघि सार्दा फरक नपर्ला ।