Uttam Shanti Puraskar

Uttam Shanti Puraskar - 2079

४३ वर्षको उमेरमै दिवंगत हुनुभएका कुँवरको देहावसानपछि उहाँकी धर्मपत्नि शान्ति कुँवरले यो पुरस्कारको स्थापना गर्नुभएको हो । उहाँको पनि देहावसान भएपछि ‘उत्तम शान्ति पुरस्कार’ भनेर पुनर्नामाकरण गरिएको हो । हाल १ लाख राशि रहेको यो पुरस्कार वर्षभरि प्रकाशित गैरआख्यान कृतिमध्ये चयन समितिबाट उचित ठानिएको कुनै एक कृतिलाई प्रदान गरिन्छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरुलाई उत्तमशान्ति पुरस्कारद्धारा सम्मानित गर्दै आएको छ । Uttam Kunwar Smarak Puraskar Guthi, Kathmandu Establised in 2045 B.S
View winners for all years

Winner

Shunyako Mulya
डा. नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ कृतिलाई 2079 को उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिअनुसार सो कृतिले अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देश सहित कर्णालीका आमाहरूको दुःखपीडा, साहस र संघर्षलाई कृतिले अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत साहित्यकार केसीलाई ताम्रपत्र र नगद एक लाख सहित पुरस्कृत गर्न लागेको हो । गुठीका सभापति डा. पार्थिवेश्वर तिमिल्सिनाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा गुठीले २०४४ सालदेखि निबन्ध, यात्रासंस्मरण, जीवनी, आत्मकथा, अन्तर्वार्ता लगायतका आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई सो पुरस्कार प्रदान गर्ने बताइएको छ । -२०८० जेठ १२ गते

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode