Ujyalo ko Khojima
Ujyalo ko KhojimaUjyalo ko Khojima

Ujyalo ko Khojima

उज्यालोको खोजीमा: सङ्घर्षका पाईलाहरु

E-book
Rs 150
Paperback
Rs 290
Genre:Memoirs
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937729376
ISBN10:9937729378
Pages:190

पुस्तकको बारेमा

दुस्मनको हत्कडीसहित फरार हुने महिलादेखि दुस्मनको हिरासतमाआफ्नो अस्मिता कुर्वानी गर्ने साहसी महिलाहरूको कथा कम सञ्चघर्षशील र कम ऊर्जाशील पक्कै छैन । सामूहिक रूपमा मालेमावादी वैचारिक हतियारको भरमा गरिएको जेल ब्रेक नेपाली क्रान्तिकारी नायिकाहरूले सफल पारेको गौरवमय यस्ता कतिपय ऐतिहासिक घटनाहरूलाई लिपिबद्ध गर्ने हुटहुटीले यो कृति जन्मिएको हो ।

यो उज्यालोको खोजीमा: सङ्घर्षका पाइला कृति आत्मसङ्घर्षको द्वन्द्वबाट अघि बढ्दै गर्दा प्रस्फुटित भएका तितो र सत्य घटनामा आधारित कृति हो । यस कृतिमा बाइसवटा संस्मरणहरू समावेश गरिएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक परिचय 

नाम: खिमा रिजाल

जन्म मिति : २ मङ्सिर, २०३४

जन्मस्थान : माकर १, नवलपरासी

आमा/बुबा : नन्दकली रिजाल/हिमकान्त रिजाल

शिक्षा : समाजशास्त्र एम.ए. कानुन स्नातक (एल.एल.बि.: अधिवक्ता) मनोपरामर्श पोस्ट ग्रेजुयट, विपद् व्यवस्थापन १४ महिना तालिम अध्ययनरत : मनोविज्ञान एम.ए., गेष्टाल साइकोथेरापी

प्रकाशित कृतिहरू : अविचलित यात्रा (२०७१), कालजयी योद्धाहरू (२०७३)

नेपाल र नेपाली जनताको मुक्ति र स्वतन्त्रता प्राप्तिको लक्ष्यसहित सञ्चालित महान् जनयुद्धकै क्रममा हजारौं योद्धाहरूले आफ्नो जीवन बलिदान गरेका छन् । भने हजारौं योद्धा बेपत्ता, घाइते र अङ्गभङ्ग भएका छन् । यसक्रममा केयोले कठोर । जेलसजाय भोगेका छन् । जनयुद्ध र त्यसअघिका विभिन्न सङ्घर्षहरूको परिणाम नेपालमा सयौं वर्षदेखि कायम सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो।

- पुष्पकमल दाहाल 'प्रचण्ड', अध्यक्ष

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode