Triveni

त्रिवेणी


Paperback
Rs 380
Send as Gift!
Genre: Memoirs
Language: Nepali
Published: April 13, 2022

Paperback

Origin: Nepal
ISBN13: 9789937324090
ISBN10: 9937324092
Pages: 208
Dimensions: 5.1 x 8.3 x 0.3 inches
Weight: 235 g

पछिल्लो बाहिरी पृष्ठबाट

'त्रिवेणी' मा स्मृति लेखनको कलाकारिता हेर्दा उनीभित्रको हुटहुटी सबल, उनीभित्रको आगो हुरहराउँदो र उनीभित्र हुर्केको कल्पवृक्ष निकै बलशाली मानॅ मैले । सक्ष्मभित्र व्यापकता, मौनभित्र उद्वेलित र कठोरभित्र सुकोमलताको भावनाले यी रचनाहरू ओतप्रोत छन । यस संस्मरणभित्र स्थानीय चरित्र, संस्कृति, प्रकतिलाई असाध्यै कसिलो, रसिलो र भरिलो पाराले अभिलेखाङ्कन गर्न सिपालु पूर्ण ओलीको लेख्यकलाको प्रशंसक भएको छ म।।
- युवराज नयाँघरे
ओलीको लेखाइ अचम्मको छ । पढ्न थालेपछि छोड्न मन लाग्दैन । के कथा के। संस्मरण जन लेखाइमा पनि उनको पकड बलियो छ। यस पुस्तकमा समावेश भएका सबै । संस्मरणहरू पठनीय छन् । आफूले पाएका दुःख र भोगेका भोगाइहरूलाई जस्ताको तस्तै। उतारेका छन् । उनी लेखनीमार्फत पाठकलाई आफूतिर तान्न र सँगसँगै हिँडाउन सफल। भएका छन्, यो नै यी संस्मरणहरूको मुख्य विशेषता हो ।।
- हरिप्रसाद भण्डारी
ओली परिस्थितिका अनेक प्रहार सहँदै साहित्यमा समर्पित छन । मान्छेको मन जित्ने। रचना सिर्जना गर्न उनको विशेषता हो । त्रिवेणी' मा उनी आफ्नो सङ्घर्षपूर्ण जीवन, समकालीन नेपाली परिस्थिति, रुकमको सेरोफेरोका यथार्थ चित्र उतार्न सफल भएका छन । यसमा मानवीय संवेदना, मायाप्रेम, रहर, बाध्यता, सम्बन्ध, संस्कार, अनुशासन, नैतिकता, इमानदारी राम्ररी परिभाषित भएका छन् । संस्मरणहरू कतै दुख्ने घाउमा मलम लगाएजस्ता त कतै रहरलाग्दो गरी बगेको झर्नाको प्रवाहजस्ता छन् ।
-भेषराज रिजाल