Saharikaran

Saharikaran

Jivikako Vividh Ayam

सहरीकरण: जीविकाको विविध आयाम

Paperback
Rs 300
Genre:Non-fiction
Language: Nepali
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789994683369
ISBN10:9994683365
Pages:356
Dimensions:5.5 x 8.5 x 0.7 inches
Weight:0.46 g

पुस्तकको बारेमा

०४६ सालपछिको राजनीतिक खुलापनसँगै आर्थिक उदारीकरणको नीतिले पनि तीव्र रूप लियो । यस्तो उदार र खुला परिवेशमा एकाएक नेपाली समाजमा धेरै किसिमको उथलपुथल भएको प्रस्टै छ । यिनै चौतर्फी उथलपुथलको एउटा असर सहरीकरण र जीविकाका विविध आयामहरूमा पनि देखिन्छ । अन्तर्राट्रिय परिवेशमा ' सहरी पक्षपाती' नीति र्सवत्र हावी रहेको आरोप छ । तर यस पुस्तकमा समावेश लेखहरूबाट थाहा हुन्छ राजनीतिक नेतृत्व वर्गले ' ग्रामीण विकास' लाई नै अर्थतन्त्रको मेरुदण्ड मानेका छन् । यसले सहरी क्षेत्रमा गरिबी निवारण वा जीविकोपार्जन सुदृढ गर्ने सवाल भने छायामा पर्दै आएको छ । तथापि सहरी क्षेत्रमा सम्पत्तिको केन्द्रीकरण, भौतिक संरचनाको निर्माण, बजार र बसोबासको अव्यवस्थित सहरीकरण बढिरहेको तथ्य उत्तिकै सत्य हो । परिणाम नेपाली समाजमा विद्यमान आर्थिक असमानता सहरी क्षेत्रमा पनि व्यापक रहेको पुस्तकमा समावेश अधिकांश लेखहरूमा पाइन्छ । सँगै योजनाबद्ध रूपमा सहरको विकास गर्ने र सहरबासीको जीवनलाई गुणस्तरीय बनाउने कार्य चुनौतीपूर्ण छ । यो वास्तविकताको अनुभूति पुस्तकमा समावेश लेखहरूले सहजै दिन्छन् । नेपालको गाउँ मात्र हैन सहर पनि राज्यद्वारा उत्तिकै उपेक्षित भएको दृष्टान्त हो यो पुस्तक ।

 

RELATED BOOKS