Currently not available.
Contact us for further queries.कथासङ्ग्रह ‘रित्तो रथ’मा सामाजिक, सांस्कृतिक र राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका ३२ वटा रुचिकर कथाहरू संगृहीत छन्। प्रजापतिका कथाहरू सामाजिक यथार्थको प्रतिबिम्बको रूपमा आएका छन् । यौन चेतना र सूक्ष्म मनोविज्ञानदेखि राजनीतिक र सामाजिक बेथिति, विसङ्गतिलाई कथामा सुरुचिपूर्ण ढङ्गले केलाइएका छन् । मूलतः मानवीय सम्बन्ध र संवेदना कथाको प्रबल पक्षको रूपमा आएका छन् ।
सङ्ग्रहका धेरै कथामा उपत्यकाको नेवारी संस्कृतिका विविध आयामलाई उतारिएका छन् । उपत्यकाको संस्कृतिको विविध आयामलाई कथामा जोड्नु कथाकार प्रजापतिको निजी विशेषता नै हो । यस्तै विशेषता बोकेका कथा हुन् रित्तो रथ, रङ्गीन बाफ, तेबाचाको फेसबुक स्टाटस, खर्पन, भुलाँ, तलमाथि, अर्कै घरबाट आदि कथाहरू ।