Ramilananni

Ramilananni

रमिलानानी

Paperback
Rs 335
Genre:Novels
Language: Nepali
Published:2017
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937903004
ISBN10:9937903009
Pages:232
Weight:150 g

पछिल्लो बाहिरी पृष्ठबाट

ध्यकालीन सामन्त नेपाली समाजको अवशेषको विद्रूपित प्रतिविम्बका रूपमा रमिलानानी उपन्यास जीवन्त ढङ्गले प्रस्तुत भएको छ। साहित्यको समाजशास्त्रका अध्येता फ्रान्सेली समीक्षक हिपोलाइड एडोल्फ पेनले क्षण, जाति र परिवेशका सन्दर्भमा साहित्यले समाजमा गुज्रिरहेको समय, त्यस समयको परिचय दिने परिवेश र अझ त्यसै समयको तत्कालीन स्थितिको भोक्तालाई लिएर सामाजिक मूल्यको निरूपण गरिने सन्दर्भ उठाएका छन् । भुवनहरि सिग्देलको प्रस्तुत उपन्यासमा पनि राणाकालीन क्षण, सामन्तीहरूको दरबारिया परिवेश र त्यस परिवेशको अत्याचारको सिकार बनेका नेपाली जातिकी नारीलाई प्रस्तुत गरिएको छ र यसबाट मुक्त हुने उपायको खोजीमा रमिलानानीलाई गतिशील तुल्याइएको छ।

- प्रा. राजेन्द्र सुवेदी भुवनहरि सिग्देल समाजका तल्ला वर्ग र तीमाथिका दमन, शोषण र विभेदका पाटाहरू उत्खनन् गर्दै आख्यानीकरण गर्ने स्रष्टा हुन् । छन्दमा काव्य, कविता लेख्दै गरेका, जीवनको उत्तरार्धतिरका कविले पुस्तान्तरणको खाडल नाघेर आश्चर्यजनक र सशक्त आख्यानको लेखन गरिरहेका छन् । प्रस्तुत रमिलानानी उपन्यासमा तत्कालीन दरबारको अग्लो चौघेराभित्रको रहस्य, स्वप्नील संसारजस्तो लाग्ने परिवेश, रनीवासकी नानीका सपना, आशा समाप्त भएका र उसले जिउँदै खाडलमा पुरिनुपर्ने क्षणका चरम कुण्ठाको वर्णनले पाठकलाई द्रवीभूत तुल्याउने छ।

- डा. रामप्रसाद ज्ञवाली

काठमाडौंको परिवेशमा हुर्केकी र दरबारिया रीतिरिवाजमा बढेकी रमिलाको दुखद कथामा अडिएको रमिलानानी उपन्यास, स्वास्नीमान्छेजस्ता उपन्यासलाई सशक्त रूपमा अघि बढाउन सहयोग गर्ने सेतु बन्न गएको छ। भुवनहरि सिग्देलमा मानवीय सम्वेदना र मनोविज्ञानलाई टपक्कै टिपेर भाषामा बुन्ने अद्भुत कला छ । यो उपन्यासमा बाध्यतावश दरबारमा नानी बनेकी नारीले मुक्तिका विकल्पहरू मनोवादमा वर्णन गर्दा पाठकलाई दरबारप्रतिको चरम घृणाले रोमाञ्चित गराउँछ।