Rai Baba Sanga Sakshatkar
Rai Baba Sanga SakshatkarRai Baba Sanga Sakshatkar

Rai Baba Sanga Sakshatkar

राईबाबासँग साक्षात्कार

Paperback
Rs 251
Genre:Contemporary Fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789993357131
ISBN10:9993357138

पछिल्लो बाहिरी पृष्ठबाट

“स्वामी प्रपन्नाचार्यज्यूप्रति मेरो विशेष श्रद्धा छ । उहाँका कविता र शास्त्रीय सङ्गीत सुन्दा म पुलकित हुन्छ, नव्यन्यायको शैलीका उहाँका संस्कृत ग्रन्थ पढ्दा चकित हुन्छ । उहाँको सरल स्वभाव र अदम्य साहस देख्दा मुग्ध हुन्छ । उहाँको सन्तको जस्तो पनि र ऋषिको जस्तो पनि व्यक्तित्व मलाई विशेष मन पर्छ ।”

- राष्ट्रकवि माधव घिमिरे ।

“विद्वान् डा. गोविन्द टण्डनज्यूबाट जिज्ञासापूर्वक सोधिएका प्रश्नहरू र ती प्रश्नका लागि डा. स्वामी प्रपन्नाचार्यज्यूबाट दिइएका उत्तरहरू पढ्दै जाँदा, बुझ्दै जाँदा भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, इतिहास, कला, राजनीति, ज्ञानविज्ञान आदि अनेकौं विषयमा राष्ट्रभाषा नेपालीमा प्रश्नोत्तर शैलीमा एउटा उपदेशप्रद तथा सूचनाप्रद नौलो किसिमको ग्रन्थ नै सिर्जना हुन पुग्यो र यो ग्रन्थ एउटा लघु विश्वकोष (Mini Encyclopaedia) नै बन्न पुगेको छ।

- सत्यमोहन जोशी

“यस कृतिमा नारीसम्मान, पितृभक्ति, राजभक्ति, ईश्वरभक्ति, संस्कृतगौरव, शास्त्रनिष्ठा, सदाचार, मर्यादित वाक्यस्वतन्त्रता, निर्दुष्ट एवं निष्पक्ष मानव अधिकारवादप्रति राईबाबाले आफ्नो पूर्ण समर्थन व्यक्त गर्नुभएको छ ।” ।

- प्रा.डा. वेणीमाधव ढकाल

 

RELATED BOOKS