Nepalka Jhanda Tatha Pratik Chinhaharu

Nepalka Jhanda Tatha Pratik Chinhaharu

नेपालका झन्डा तथा प्रतीक चिन्हहरू

Paperback
Rs 475
Genre:History
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937780681
ISBN10:9937780683
Dimensions:7.0 x 9.4 x 0.4 inches
Weight:200 g

पुस्तकको बारेमा

कुनै पनि झन्डाको अध्ययन ‘ध्वजविज्ञान’ (Vexiolology) अन्तर्गत पर्दछ नै, यसअन्तर्गत प्रतीक चिन्हहरू (Logos) को अध्ययन पनि पर्दछ । कतिपय सङ्घसंस्थाहरूका झन्डामा अङ्कित चिन्ह (Emblems) पनि प्रतीक चिन्ह बनेको पाइन्छ । यो ध्वजविज्ञान अन्तरविषयक (Interdisciplinary) अध्ययनमा आधारित भएको हुँदा अध्येताले देशका संस्कृति, इतिहास, भूगोल, समाजशास्त्र, नृतत्त्वशास्त्र वा मानवशास्त्र, काव्यशास्त्र आदिलगायत भौतिकशास्त्र, रसायनशास्त्र, वनस्पतिशास्त्र, वाणिज्यशास्त्र र धर्मशास्त्रसमेतको सहयोग लिनुपर्ने स्थिति आउन सक्तछ । हाम्रो जस्तो देशको सन्दर्भमा अध्यात्मसम्बन्धी ज्ञानको अभावमा न त झन्डाहरूको, न त प्रतीक चिन्हहरूको सही अर्थ भेटाउनै सकिन्छ । हाम्रो देशमा आध्यात्मिकता साथै तान्त्रिक ज्ञानको समेत विकास भएको हुँदा यी दुवै पुरातन ज्ञानका हाँगाहरूबिच अन्योन्य सम्बन्ध भएको कुरोलाई विभिन्न सङ्घसंस्थाका प्रतीक चिन्हहरूले प्रमाणित गरिदिएका छन् ।