Dayaram Shrestha

दयाराम श्रेष्ठ

दयाराम श्रेष्ठ नेपाली समालोचनाका क्षेत्रमा सुप्रसिद्ध नाम हो । धनकुटामा जन्मिएका श्रेष्ठले नेपाली विषयको कथा विधामा विद्यावारिधि गरेका छन् । नेपाली साहित्यको कथाविधालाई माथि उठाउन श्रेष्ठको अतुलनीय योगदान रहेको छ । धनकुटा कलेजबाट प्राध्यापन कार्य प्रारम्भ गरेका श्रेष्ठ त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेर सेवानिवृत्त जीवन बिताइरहेका छन् । आफ्नो सेवानिवृत्त जीवनलाई समेत समालोचना र अनुसन्धानका क्षेत्रमा समर्पित गरिरहेका श्रेष्ठका समालोचनात्मक तथा अनुसन्धानात्मक कृति प्राप्त गरी नेपाली समालोचना दिनानुदिन समृद्ध बन्दै गएको छ । नेपालको राष्ट्रिय झण्डा कृतिका लागि २०५३ सालको मदन पुरस्कार समेत प्राप्त गरेका श्रेष्ठका मौलिक सन्दर्भ र मूल्याङ्कन (२०२५), नेपाली साहित्यका केही पृष्ठ (२०३२), गोरखापत्र – विवरणात्मक सूचीपत्र (२०३२), नेपाली साहित्यको सङ्क्षिप्त इतिहास (२०३४), प्रारम्भिक कालको नेपाली साहित्य – इतिहास र परम्परा (२०३८), शाहवंश र नेपाली साहित्य (२०३९), रामकथा परम्परा र भानुभक्तीय रामायण (२०४१), नेपाली कथा भाग ४ (२०५७), साहित्यको इतिहास – सिद्धान्त र सन्दर्भ (२०६१), नेपाली कथा र कथाकार (२०७०), साहित्यको अनुसन्धान व्यवस्थापन (अनुसन्धान दर्शन २०७७) आदि कृति प्रकाशन गरी श्रेष्ठले नेपाली साहित्य समालोचनाको श्रीवृद्धि गरेका छन् ।

उनले कथा पढाउने कथाबारे प्रशिक्षण दिने कथाकार र लघुकथा स्रष्टाहरूको सृजनशीलताबारे पुस्तक लेख्ने र कथाकोष तयार गर्ने कार्य गर्दै आएका छन्। उनको पुसत्क 'नेपालको राष्ट्रिय झण्डा' ले विसं २०५३ को मदन पुरस्कार पनि पाएको थियो।

Books

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode