Naya Ishwar ko Ghoshana

Naya Ishwar ko Ghoshana

नयाँ इश्वरको घोषणा

Paperback
Rs 270Rs 300
Currently not available.
Contact us for further queries.
Genre:Fiction
Language: Nepali
Published:2004
Paperback
Origin:Nepal
ISBN13:9789937918695
ISBN10:9937918693
Pages:198

पुस्तकको बारेमा

‘नया“ ईश्वरको घोषणा’ यो काव्य २ आलेखमा विभाजित छ । दुबै आलेखमा जम्मा ९८ वटा परिच्छेद छन् । हरएक अध्यायमा ९, १० वा ११ वटा पद्यहरु समाविष्ठ छन् । यीमध्ये प्रत्येक पद्य जसलाई म यहा अनुच्छेद भनिरहेको छु त्यो वा तिनमा तीन हरफ छन् । यी तीन हरफे पद्यांश पुराना तरिकाका
श्लोक त हैनन् । यिनको गठन छुट्टै प्रकारले भएको छ । त्यहा“ न श्लोक संख्या दिइएको छ न ती श्लोक जस्ता छन् । तर पनि यसो चिहाएर हेर्दा अनुहार उस्तै लाग्यो । त्यसैले सजिलोको लागि मैले आफै गनीगनी श्लोक वा पद्य संख्या भनेर दिएको छु । यसलाई अन्यथा न संझियोस् । परिच्छेद १ देखि ४९ संम प्रथम आलेखमा राखिएको छभने परिच्छेद ५०देखि परिच्छेद ९८संम द्वितीय आलेखमा समावेश छन् ।

“नयाँ ईश्वरको घोषणा” उत्तर प्रयोगवादी कविता धारामा विकशित प्रयोगशील नव काव्यको प्रयोग हो । यो नितान्त नीजी, वैचारिक नव प्रखरता, कथानक हीनता, अपरंपरित, व्यञ्जनापरक, अपरंपरित रुप गठन जस्ता विशेषता भएको महाकाव्योन्मुखी प्रयोगशील नविनतम कविता रचनाको नमुना हो । यसको काव्यिक शैली, विचार र क्षेत्रको प्रयोगशीलता अझै अनुशीलनीय छ किनकि अत्याधुनातन कविता पनि प्रयोगशील कविता नै हो । यो काव्य धारामा हाम्रा कवि, पाठक तथा समालोचक प्रयोगवाददेखि प्रयोगवादसंम मात्र आवर्तमान भैरहेको म देख्छु । वि.सं.२०१७ देखि २०६० सम्मका कविता विधामा भएको अनुशीलन, वर्गीकरण तथा विशेषीकरणको आलेखमा अझै हाम्रो दृष्टि नपुगेको मलाई लाग्दछ । त्यसपछि “नयाँ ईश्वरको घोषणा” को स्थान ठड्कारो देखिन्छ । यसतिर म त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकाशकेन्द्रको ध्यनाकर्षण गर्न चाहन्छु । त्रिविविले किर्तिपुरलाई मात्र नेतृत्व दिने होइन कि यसले आज विश्वभर छरिएर रहेका नेपालीको सार र स्वरलाई अध्ययनको विषय बनाउनु पर्दछ । “नयाँ ईश्वरको घोषणा” त्यस्तै यौटा स्वरको प्रतिनिधि हो । अमेरिकाबाट “नयाँ ईश्वरको घोषणा” जस्तो नव काव्यको प्रकाशन र विमोचन गरिनु र विश्वभर छरिएर रहेका नेपालीलाई यसको पठनपाठनको अवसर प्रदान गराउनु हामी सबै नेपालीलाई यसको प्रकाशक अन्तर्राष्टिय नेपाली साहित्य समाजले उजागर गरेको गौरव हो ।

गोपाल पराजुलीको यो “नयाँ ईश्वरको घोषणा” महाकाव्य शोषितकै कुरा मात्र लेखिएकोले प्रगतिशील, परिवर्तनशील नवीनतम सत्यको व्याख्याता भएकोले प्रयोगशील र अत्याधुनिक रुप, रग र स्वरमा स्वरित भएकोले नविनतम काव्य हो ।