Mangaliko Adhuro Ka's front cover

Mangaliko Adhuro Ka

मङ्गलीको अधुरो 'क'
Paperback
Rs 300
Genre:Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937804677
ISBN10:9937804671
Pages:118

पुस्तकको बारेमा

बालकथा सङ्ग्रह मङ्गलीको अधुरो 'क' मा तीन कथा सङ्ग्रहीत छन् । तिनका अङ्ग्रेजी अनुवाद पनि पुस्तकमा समेटिएको छ । पुस्तकमा भोकाएका बालकहरुको यात्राको कथा छ, र छ कथा लेख्नपढ्न चाहने मङ्गली र छुच्चोपन मन नपाराउने सरिताको । यहाँ सङ्ग्रहीत अङ्ग्रेजी कथा पढेर नेपाली सिक्न सकिन्छ, र नेपाली कथा पढेर अङ्ग्रेजी पनि सिक्न सकिन्छ ।
खगेन्द्र संग्रौला नेपालका सबैभन्दा लोकप्रिय स्तम्भकारहरुमध्ये एक हुन् । समकालीन नेपालको राजनीतिबारे पत्रपत्रिकामा छापिएका उनका कटु विश्लेषणमार्फत उनले धेरै प्रशंसक र आलोचकसमेत कमाएका छन् । उनी सबल उपन्यासकार र निबन्धकार पनि हुन् । 'जूनकीरीको संगीत' र 'फूलमाया' उनका उपन्यास हुन् भने 'घोडा, इश्वर र मेरा बा', 'सम्झनाका कुइनेटाहरु', 'आफ्नै आँखाको लयमा’ उनका निबन्ध संग्रह हुन् । 'आफ्नै आँखाको लयमा को लागि उनले २०६८ सालको पद्मश्री पुरस्कार पाएका छन् ।