Lauhapurus's front cover
Lauhapurus's front coverLauhapurus's back cover

Lauhapurus

लौहपुरुष: विश्लेषणात्मक जीवनगाथा
Paperback
Rs 1100
Genre:Biography & Memoirs
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937090681
ISBN10:9937090687

पुस्तकको बारेमा

'२००७ सालको क्रान्तिपूर्व नेपाली काङ्ग्रेसले निर्णय गर्यो- 'काठमाडौँको नारायणहिटी राजदरबारमा रहेका राजा त्रिभुवनलाई दरबारबाट फुत्काएर पाल्पा पुऱ्याउने र राणाको कब्जामा रहेको नेपाली सेनामा विद्रोह गराउने । यी दुई एक्शन फत्ते हुनुलाई नै क्रान्तिको सुरुवात मानिनेछ ।' तत्कालीन परिस्थितिमा यो भन्दा ‘जोखिमपूर्ण एक्शन' अर्को हुनै सक्दैनथ्यो । यो एक्शनको नेतृत्व कसले लिने ? नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा त्यो प्रश्न खडा भयो। प्रश्न सुनेपछि केही छिन समितिका सदस्यहरू एकअर्काको मुख हेराहेर गरिरहे । बिरालोको घाँटीमा घण्टी कसले झुन्ड्याउने ? बैठकमा सन्नाटा छायो ! यसै बीच जुरुक्क उठेर गणेशमानजीले भन्नुभयो– 'यो जिम्मेदारी म लिन्छु । यो अत्यन्त जोखिमपूर्ण काम हो, त्यसैले म नै यसलाई फत्ते गर्नेछ । आखिर काठमाडौँ बुझेको र राणा शासकलाई जानेको व्यक्ति हाम्रो पार्टीमा जरसाहब (सुवर्णशमशेर) र म बाहेक अर्को को नै छ र ? सुवर्णजीले यहीं (भारत) मा बसेर मुक्तिसेना परिचालन गर्नुहुनेछ । मचाहिँ काठमाडौँ गएर यो एक्शन फत्ते गर्छ । यस्तो जोखिमपूर्ण एक्शनमा अरू साथीहरूलाई पठाएर त्यो बाघको मुखमा धकेल्न म चाँहन्नँ ।'

(यसै पुस्तकबाट)