Gans, Bas ra Jindagi's front cover

Gans, Bas ra Jindagi

गाँस, वास र जिन्दगी
Gans, Bas ra Jindagi's front coverGans, Bas ra Jindagi's back cover

Paperback

Rs 675

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

'गाँस, वास र जिन्दगी' जीत बरालको एक यस्तो संस्मरणसङ्ग्रह हो जहाँ गरिवी कराउँदैन, बरु पहाडझैँ चुप्प लागेर मानिसलाई थिचिरहन्छ । हामी अलि पहिलेका आम नेपालीको जिन्दगीले भोगेजस्तै जस्तै यहाँ पनि एक बहुविवाहित र क्रूर बाबु छ, एउटी प्रताडित र बेसहारा आमा छिन्, एउटी आधा जलेकी बहिनी छे, एउटा मरेको बाख्रो छ, अति सामान्य र निर्वाह पनि हुन नसक्ने कृषि छ । अनि यस्तै परिवेशको एउटा घरभित्र हुर्केको एउटा अबोध र फुच्चे बालकले जिन्दगीलाई जसरी हेर्यो र जसरी अवसरको घामसँगै सङ्घर्षको छाया पनि आउँछ भन्ने दर्शनमा विश्वास गरेर हात खुट्टा चलायो; त्यही सङ्घर्षले उसलाई पहाडको भोको पेटदेखि अमेरिकाको विद्यावारिधिसम्म पुऱ्याएको छ । उसको जीवनदर्शन नै छ- भाग्य आकाशबाट झर्दैन, भुँइबाटै खन्नुपर्छ ।
यो पुस्तकबाट प्रेरणा लिने कसैले पनि आफूलाई दुःखी ठानिरहनु पर्दैन किनकि सम्भावनाको ढोका कहिल्यै पनि पूरै बन्द हुनै सक्तैन । रात जतिसुकै लामो भए पनि बिहानी त हुन्छै हुन्छ । तपाईंको आँसुभित्र पनि शक्ति नै हुन्छ, तर त्यस शक्तिलाई सर्वप्रथम तपाईंले नै चिन्नुपर्छ। यो किताबको मूल सन्देश नै जिन्दगीको यही उज्यालोलाई प्रकाशमा ल्याउनु हो जसले तपाईंलाई पनि आलोकित पार्न सक्नेछ ।
- प्रतीक ढकाल
 

All Editions

Paperback
Page Turner Pvt. Ltd

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
★ ★ ★ ★ ★
July 31, 2026

असारका खहरेहरू बर्खाभरिका लागि खुब गड्गडाएर आउछन् तर ती क्षणिक हुन् यिनको अस्तित्व नै रहदैन तर जुन मुल निरन्तर बगिरहन्छन् ती खोला ,नदी हुदै महासागरमा...

★ ★ ★ ★ ★
July 29, 2026

Sapana Raut : जीत बरालको ‘गाँस, वास र जिन्दगी’ अभाव, अदम्य साहस र सफलताको एउटा अत्यन्तै भावुक र प्रेरणादायी संस्मरण हो। पहाडी गाउँको चरम गरिबी र प...

BK
bijay kc
★ ★ ★ ★ ★
July 29, 2026

अत्यन्त उत्कृष्ट कृति! "गाँस, वास र जिन्दगी" ले संघर्ष, सपना, आत्मविश्वास र सफलताको यात्रालाई यति जीवन्त रूपमा प्रस्तुत गरेको छ कि पढ्दै जाँदा हरेक पा...

LR
Laxmi Rautkc
★ ★ ★ ★ ★
July 29, 2026

उत्कृष्ट संस्मरण

★ ★ ★ ★ ★
July 28, 2026

कतै कुना काप्चाबाट निस्किएको एउटा नदि अभावको को खोल्साबाट,गरिबिको मरुभूमि लाई संघर्शको आशुले सिचाइ गरेको कथा जहाँ आमा र बहिनी निरन्तर बगिरहने खोलाको क...

★ ★ ★ ★ ★
July 28, 2026

“गॅास, वास र जिन्दगी" जीतको आफ्नै जीवनभोगाइ र पारिवारिक संघर्षको जीवन्त कथा हो।जुन भोगाइ,त्याग र प्रेम मेरो जीवनको संघर्ष सॅग पनि मिल्दोजुल्दो छ । म ...

MB
Madhav Baral
★ ★ ★ ★ ★
July 28, 2026

गांस, वास र जीन्दगी पुस्तक एउटा यस्तो संस्मरण संग्रह हो जुन लेखकको वास्तविक जिवनमा परि आएका घटना परिघटना, दुःख अभाव पिडा संघर्ष, हण्डर ठक्कर, परिवारको...

★ ★ ★ ★ ★
July 27, 2026

This book touched me deeply. A Void That Speaks is not just a memoir; it is a father’s raw, honest journey through the unimaginable loss of his son. D...

MP
Mahesh Paudyal
★ ★ ★ ★ ★
July 26, 2026

The book connects two worlds: Nepal and the US, together with their promises and pangs. None is too good or bad; both are what we make out of our hard...

GB
Gita Bhandari
★ ★ ★ ★ ★
July 26, 2026

-गीता भण्डारी "गाँस, वास र जिन्दगी" केवल एक कृति मात्रै होइन ! डा. जीत बरालज्यूको आफ्नै जीवनभोगाइ र पारिवारिक संघर्षको जीवन्त दस्तावेज हो।जुन भोगाइ,...