Reviews for Gans, Bas ra Jindagi

12

0

0

0

0

5.0

12 reviews

Your Review

Showing 12 Customer Reviews
July 31, 2026

असारका खहरेहरू बर्खाभरिका लागि खुब गड्गडाएर आउछन् तर ती क्षणिक हुन् यिनको अस्तित्व नै रहदैन तर जुन मुल निरन्तर बगिरहन्छन् ती खोला ,नदी हुदै महासागरमा पुग्छन् यस्तै एउटा मुल जो तेह्रथुमका सुङ्नाम माझखर्कमा जन्मेर अनेकौं ठक्कर हण्डर छाल पार गर्दै कसरी अमेरिकासम्मको सफल यात्रा सम्भव भयो यही प्रेरक र प्रेरणादायी कथा समेटीको आत्मबृतान्त शैलीको कृति हो गाँस बास र जिन्दगी..... कृतिकार कृषि बैज्ञानिक तथा डाक्टर जीत बरालले यति सरल भाषामा आफ्ना संघर्षको फेहरिस्त राखेर आजका ती युवा जसले सानोतिनो समस्यामै जिन्दगीको कुनै बाटो नदेखेर आत्मदाह सम्म गर्ने घटना दिनानुदिन बढिरहेको परिपेक्षमा यश कृतिले अभावको हुन्डरीमा धर्यताको घुम ओड्दै कसरी संघर्षको भिर पार गरेर सफलताको मैदानमा पुग्न सकिन्छ भन्ने सुन्दर दृष्तान्त प्रस्तुत गर्नुभएको छ। लेखकीय धर्म सरल भाषा र सुन्दर प्रस्तुति करण स्थानीय ढिकी जाँतो गाउँ घरको पृष्ठभूमिले संस्कार र संस्कृतिसँगको प्रेम गाउँकै घटनाक्रमहरू तपाईं हाम्रै जीवनका भोगाइ हुनाले पढ्दा तपाईंका आँखा ओसाउने मात्रै होइन कति ठाउँमा पढ्दापढ्दै पत्तै नपाइकन गालाबाट आँसु बग्दै बग्दै ओरालो लाग्छन् । बाल विवाह बहुविवाह पक्षपात पूर्ण समाज सबैकुराहरू गाँस बास र जिन्दगी भित्र छन् संमग्रमा यो कृति भोलि रङ्गमञ्चमा यश कृतिको नाटक बनाउने भनेर कोही कलाकार आउनसक्ने ठाउँ मेरो दृष्टिकोणबाट देखेको तथ्य हो । गाँस बास र जिन्दगी आजका नेपाली युवालाई मार्गदर्शन गराउन सक्ने कृति नेपाली आकाशमा आएको छ भलै यसले विभिन्न पुरस्कार जित्ला नजित्ला वा लेखकले त्यस्ता प्रतिस्पर्धामा लगाउनु होला नहोला त्यो परको विषय भयो तर कृति पढ्ने पाठकको मन कृतिले जित्नेछ । अन्त्यमा लेखक जीत बरालज्यू र यहाँको कृति गाँस बास र जिन्दगीलाई नेपाली साहित्य आकाशको बृहस्पति तारा बन्नका लागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु। जय साहित्य

July 29, 2026

Sapana Raut : जीत बरालको ‘गाँस, वास र जिन्दगी’ अभाव, अदम्य साहस र सफलताको एउटा अत्यन्तै भावुक र प्रेरणादायी संस्मरण हो। पहाडी गाउँको चरम गरिबी र पारिवारिक सास्तीबाट गुज्रिँदै अमेरिकाको विद्यावारिधि (PhD) सम्म पुग्दाको लेखकको जीवनयात्राले मन छुन्छ। परिस्थितिलाई दोष नदिई निरन्तर मिहिनेत र आत्मविश्वासका साथ अघि बढे असम्भव केही छैन भन्ने गतिलो सन्देश दिने यो पुस्तक जीवनमा हौसला र उर्जा खोजिरहेका प्रत्येक पाठकका लागि एकपटक पढ्नैपर्ने कृति हो।

BK
bijay kc
July 29, 2026

अत्यन्त उत्कृष्ट कृति! "गाँस, वास र जिन्दगी" ले संघर्ष, सपना, आत्मविश्वास र सफलताको यात्रालाई यति जीवन्त रूपमा प्रस्तुत गरेको छ कि पढ्दै जाँदा हरेक पानाले नयाँ ऊर्जा र प्रेरणा दिन्छ। सरल भाषा, गहिरो सन्देश र वास्तविक जीवनका अनुभवले यो पुस्तकलाई अविस्मरणीय बनाएको छ। हरेक पुस्ताले एकपटक अवश्य पढ्नुपर्ने प्रेरणादायी पुस्तक।

LR
Laxmi Rautkc
July 29, 2026

उत्कृष्ट संस्मरण

July 28, 2026

कतै कुना काप्चाबाट निस्किएको एउटा नदि अभावको को खोल्साबाट,गरिबिको मरुभूमि लाई संघर्शको आशुले सिचाइ गरेको कथा जहाँ आमा र बहिनी निरन्तर बगिरहने खोलाको किनारा बनेर सफलताको समुन्द्रतर्फको यात्रामा अनवरत साथ दियको कथा जसबाट जिवनमा जस्ता सुकै अवस्थामा कसरी अडिग भइ आफ्नो सफलता चुम्न सकिन्छ भन्ने प्रेरणा लिन सकिन्छ।।।यो पुस्तकबाट मैले लियको प्रेरणा -आफ्नो भग्य आकाशबाट हैन जमिन बाट खन्नुपर्छ।।।यो अद्भुत पुस्तकका निम्ति डा.जित बराललाइ आभार।।।

July 28, 2026

“गॅास, वास र जिन्दगी" जीतको आफ्नै जीवनभोगाइ र पारिवारिक संघर्षको जीवन्त कथा हो।जुन भोगाइ,त्याग र प्रेम मेरो जीवनको संघर्ष सॅग पनि मिल्दोजुल्दो छ । म र जीत हामी दुवै गरिवीले थिची रहेको एउटै कक्षा र स्कुलमा पढ्ने साथी पनि हौं । घर पनि तल्लो गाउॅ र माथ्लो गाउॅ एउटै भेग थियो । पढाईका सन्दर्भमा हामी विच स्कुलमा ८- १० कक्षा सम्म ३ बर्ष सम्म उच्च स्तरको प्रतिस्पर्धा हुन्थ्यो । २०३९ सालको एस. एल. सी. पश्चात हामी विच लामो समय सम्म भेट भएन । म मेरै संघर्ष र जीत उसकै संघर्षमा लडिरहेका थियौं । मेरो खेलकुद विधा पनि भएकोले राष्ट्रिय खेलाडिको रुप सॅगै जन प्रशासनको स्नातकोत्तर साथ Agri. Research Mgmt. को Officer र जीत Agri. Extension Horticulture Officer को रुपमा एउटा Workshop मा २०५४ मा उपत्यकामा भेट भयो । म गाउॅको मुखियाको छोरो भए पनि जीतको र मेरो पारिवारिक कथा र संघर्ष एउटै प्रकृतीको र ८०% मिल्दो जुल्दो थियो । हाम्रो संघर्षशिल जीवनको लामो भला कुसारी गर्यौं । मेरी आमाको अदम्य साहस र ममताले वास्तवमा संसार जित्नु भएको छ जस्तो लाग्थ्यो र म यहॅा सम्म आईपुगेको हॅु । जीतको आमाले पनि संसारलाई जितेर जितलाई यहॅा सम्म पुर्याएको कुरा यो कृतीले दर्शाउछ । जीतको यो कृतिको केन्द्रमा उभिएकी आमा कुनै एक व्यक्तिमात्र होइनन् ,नेपाली आमाको त्याग, धैर्य, ममता र अदम्य संघर्षको प्रतीक हुन् ! वास्तवमा संसारभरका आमाहरु यस्तै हुन्छन् भन्ने म ठान्छु । गरिबीले केवल गाँस र बासको अभाव मात्रै सिर्जना गर्दैन, त्यसले मानिसको आत्मसम्मान, सपना र भविष्यसँग पनि संघर्ष गराइरहेको हुन्छ। तर यस्तै अभाव र संघर्षका बीच आमाको साहस,एक्लो हुँदा बटुलेको त्यो हिम्मत, ममताको अटल विश्वासले कसरी अगाडि बढाइन् भन्ने कुरालाई जीतले अत्यन्त सरल र मार्मिक ढंगले प्रस्तुत गरेका छन् । यस पुस्तकको सबैभन्दा रोचक पक्ष नै सत्य घटनामा आधारित आत्मकथा हो। मैले यो कृती पढीरहँदा मेरो जीवनको भावुकता संघर्ष, र मेरो मनभित्र लामो समयसम्म प्रतिध्वनित भइरहेको सत्यता पाए । मेरो विचारमा "गाँस, बास र जिन्दगी" पढिसकेपछि यहॅाहरुले केवल एउटा कथा पढेको अनुभूति मात्र गर्नु हुन्न बरु आफ्नै आमाको अनुहार, आफ्नै घरको संघर्ष र आफ्नै जीवनका पाइला, देश परदेश भित्र लुकेको पिडा देख्नु हुन्छ । हरेक सफल छोरा वा छोरीको इतिहासमा एउटी आमाको नदेखिने संघर्ष लेखिएको हुन्छ । यो कृतीमा त्यही संघर्षको नदेखिने इतिहासलाई जीवन्तता दिएको छ । यो कृती पढ्ने कसैले पनि आफूलाई मेरो भाग्य छैन भनेर दुःख मान्नु पर्दैन, सम्भावनाको ढोका सधै खुला रहन्छ त्यो ढोका भित्र छिर्ने साम्यर्थ आफुले वनाउनु पर्छ भन्ने सन्देश दिएको छ । “संघर्ष हो जीवन, जीवन संघर्ष हो जीवन देखि हारेर बस्नु हुदैन” …… भन्ने गितलाई सार्थकता दिएका छन् जीतले । {धन्यवाद} वीरेन्द्र खड्का

MB
Madhav Baral
July 28, 2026

गांस, वास र जीन्दगी पुस्तक एउटा यस्तो संस्मरण संग्रह हो जुन लेखकको वास्तविक जिवनमा परि आएका घटना परिघटना, दुःख अभाव पिडा संघर्ष, हण्डर ठक्कर, परिवारको त्याग, सफलता सबै इमान्दारीताका साथ सेमेटीएको एक प्रेरणादायी संग्रह हो । यो पुस्तक विशेष गरी नवजवान वर्गलाई शिक्षाप्रद, ज्ञानवर्दक र अत्यन्तै उपयोगी सिद्द हुनेछ । लेखक डा. जीत बराल प्रती नमन 🙏

July 27, 2026

This book touched me deeply. A Void That Speaks is not just a memoir; it is a father’s raw, honest journey through the unimaginable loss of his son. Dr. Baral writes with courage, humility, and love. His pain becomes a voice of comfort for grieving parents and anyone who has loved deeply. This book stays with you long after the last page.

MP
Mahesh Paudyal
July 26, 2026

The book connects two worlds: Nepal and the US, together with their promises and pangs. None is too good or bad; both are what we make out of our hard work, labor and persistence. The book combines pathos, ideas and ethical conducts to constitute an entire authorial self that is at once honest, focused and hard-working. A must-read memoir from an agricultural scientist, who is equally sensitive to family relationship, dream nourishment, and sucess.

GB
Gita Bhandari
July 26, 2026

-गीता भण्डारी "गाँस, वास र जिन्दगी" केवल एक कृति मात्रै होइन ! डा. जीत बरालज्यूको आफ्नै जीवनभोगाइ र पारिवारिक संघर्षको जीवन्त दस्तावेज हो।जुन भोगाइ,त्याग र प्रेम प्रत्येक व्याक्तिसँग प्रत्यक्ष जोडिएको छ ! कृतिको केन्द्रमा उभिएकी आमा कुनै एक व्यक्तिमात्र होइनन् ,नेपाली आमाको त्याग, धैर्य, ममता र अदम्य संघर्षको प्रतीक हुन् ! यस कृति पढ्दै जाँदा थाहा हुन्छ गरिबीले केवल गाँस र बासको अभाव मात्रै सिर्जना गर्दैन, त्यसले मानिसको आत्मसम्मान, सपना र भविष्यसँग पनि संघर्ष गराइरहेको हुन्छ। तर यिनै कठिनाइका बीच आमाको साहस,एक्लो हुँदा बटुलेको त्यो हिम्मत, ममतामय अटल विश्वासले परिवारलाई कसरी अगाडि बढाउँछ भन्ने यथार्थलाई लेखकले अत्यन्त सरल तर मार्मिक ढंगले प्रस्तुत गरेका छन् ! यस पुस्तकको सबैभन्दा ठूलो शक्ति यसको इमानदार आत्मकथात्मक प्रस्तुति हो। कृती पढीरहँदा कृत्रिमता कतै छैन, न बनावटी भावुकता न देखावटी सघर्ष , बरु जीवन जस्तै सादा, तर मनभित्र लामो समयसम्म प्रतिध्वनित भइरहने सत्य छ। मेरो विचारमा "गाँस, बास र जिन्दगी" पढिसकेपछि पाठकले केवल एउटा कथा पढेको अनुभूति गर्दैन,बरु आफ्नै आमाको अनुहार, आफ्नै घरको संघर्ष र आफ्नै जीवनका पाइला, देश परदेश भित्र लुकेको पिडा सम्झन्छ। "हरेक सफल सन्तानको इतिहासमा एउटी आमाको नदेखिने संघर्ष लेखिएको छ! 'गाँस, बास र जिन्दगी' त्यही नदेखिने इतिहासलाई शब्दमा उतारेको कृति हो।" धन्यवाद

DJ
Dr. Jit Baral
July 26, 2026

गाँस, वास र जिन्दगी” मेरो जीवनकथा मात्र होइन—अभावबाट अवसर, भोकबाट आत्मनिर्भरता र संघर्षबाट अर्थपूर्ण जीवनसम्मको यात्रा हो। तेह्रथुमको दुर्गम पहाडमा बाबुबाट परित्यक्त र गरिबीले घेरिएको एउटा बालकलाई मेरी अशिक्षित आमाले शिक्षालाई मुक्तिको ढोका ठानी आफ्नो सम्पूर्ण जीवन त्यागेर अघि बढाउनुभयो। यही यात्राले मलाई अमेरिकाको सम्पन्न जीवनसम्म पुर्‍यायो; तर त्यहाँ पुगेपछि मैले बुझें—बारको अर्कोपट्टिको घाँस सधैं हरियो हुँदैन। गरिबीले शरीर थकाउँछ, सम्पन्नताले कहिलेकाहीँ मन; साँचो खुशी प्रेम, सम्बन्ध, सन्तुलन र उद्देश्यमा भेटिन्छ। जीवनको दोबाटोमा उभिएका युवाका लागि यस पुस्तकको सन्देश स्पष्ट छ—सपना साँचो हो भने मस्तिष्कले दिशा, हृदयले साहस र हातले निरन्तर मिहिनेत गरे असम्भव पनि सम्भव हुन्छ। यदि तपाईं आफ्नै जीवनका लागि आशा, दिशा र अघि बढ्ने साहस खोजिरहनुभएको छ भने, यो पुस्तक तपाईंका लागि हो। — लेखक: डा. जीत बराल

July 26, 2026

The books reminiscence past days of struggle. Its good to be read and recall these days. Thanks to jit baral ( Vinaju) we are waiting more research and stories from you.