Gadyashailiko Rupbigyan

Gadyashailiko Rupbigyan

गद्य शैलीको रूपविज्ञान

Paperback
Rs 216Rs 240
Genre:Language
Language: Nepali
Edition:1st
Paperback
Pages:140

पुस्तकको बारेमा

गद्य शैलीको रूपविज्ञान समालोचक दयाराम श्रेष्ठको नेपाली समालोचनाका क्षेत्रमा नवीनतम प्रविधिलाई भित्राउन सफल कृति हो । प्रस्तावना, पदविन्यास, वाक्यविन्यास, अनुच्छेदयोजना संगठनयोजना, शैलीको रूपविज्ञानको अनुशासन र उपसंहार गरी सात ओटा वल्लीमा विभाजित यस पुस्तकमा गद्यसाहित्यको रूपवैज्ञानिक विश्लेषणको प्रारूप प्रस्तुत गरिएको छ । भाषाको रूपविज्ञान भएजस्तै गद्यशैलीको पनि रूपविज्ञान हुने भएकाले गद्यशैलीको विश्लेषण रूपविज्ञानका कोणबाट गर्न सकिने नयाँ समालोचना पद्धतिको विकास गर्ने काम यस पुस्तकले गरेको छ । गद्यसाहित्यको पदविन्यासको विश्लेषणको आधार प्रस्तुत गरी श्रेष्ठले पदको उचित प्रयोगस्थल साहित्य भएको कुरा विभिन्न दृष्टान्तमार्फत प्रमाणित गरेका छन् । सही शब्दको पहिचान गरी प्रयोग गर्नु भनेको रोगको सही निदान गरेर औषधि सेवन गर्नुजस्तै भएकाले साहित्यमा पनि पदको शुद्धता र पवित्रता आवश्यक हुने धारणा पुस्तकमा प्रस्तुत भएको छ । साहित्यमा प्रयुक्त भाषामा शब्दाधिक्य दोष, पुनरुक्ति दोष, वणर्विन्यासगत दोष हुन नहुने मान्यता यस पुस्तकमा उदाहरणसहित प्रस्तुत गरिएको छ । साहित्यमा वाक्यविन्यासको महत्त्व औँल्याउँदै श्रेष्ठले साहित्य रचनाको आधारभूमि रूपाकृति भएको उल्लेख गरी स्पष्टता र सङ्क्षिप्तता अपरिहार्य हुने बताएका छन् । श्रेष्ठले खरायो र कछुवाको दौडको कथाको दृष्टान्त प्रस्तुत गरी वाक्यविन्यासमा सावधानी र मितव्ययिता अपनाउनुपर्ने सुझाव दिएका छन् ।