Carko Kalpana
Carko KalpanaCarko Kalpana

Carko Kalpana

कारको कल्पना

E-book
Rs 100
Paperback
Rs 195
Genre:Children
Language: Nepali
Published:2019
Edition:First
Paperback
Origin:Nepal
ISBN13:9789937708432
ISBN10:9937708435
Pages:48

पुस्तकको बारेमा

“...कार किनेपछि त तपाईंले मलाई सिकाइहाल्नुहुन्छ नि । (एकछिन सम्मँदै) यी मलाई आइहाल्छ नि । गियर यसरी सार्ने, तल खुट्टाले ब्रेक र क्लज थिच्ने, स्टेरिङछेउमा हर्न थिच्ने, पानी पर्यो भने सिसा पुछ्न पनि आउँछ मलाई वाइपर चलाउने त हो नि । अनि ऐनाबाट अगाडिपछाडिका गाडी हेरेर चलाउनुपर्छ । अनि त हुँ.. हुँ... हुँ.. पपप…”

पछिल्लो बाहिरी पृष्ठबाट

तिमीहरूकै कथा हो, कारको कल्पना

भाइबहिनी हो, 'कारको कल्पना’ बालएकाङ्की हो । यसमा तिमीहरूजस्तै भाइबहिनीको विषय समेटिएको छ । यो बालमनोविज्ञानमा आधारित छ । यो कृति कक्षा ३ देखि ६ सम्मका बालबालिकालाई बढी उपयोगी हुनेछ । खासगरी सहरमा बस्ने बालबालिका टोलछिमेकमा अरूले कार कुदाएको देख्दा आफ्ना बुवाआमाले कार किने हुन्थ्यो भन्ने चाहन्छन् । आफ्नै कार चढेर घुम्न जाने बालबालिकाको आकाङ्क्षा एकाङ्कीमा प्रस्तुत छ । छोराछोरीले बुवाआमाको कमाइ र आर्थिक अवस्था बुझ्नुपर्छ अनि बुवाआमाले पनि छोराछोरीको मनोविज्ञान र चाहना थाहा पाउनुपर्छ भन्ने सन्देश कृतिले दिएको छ । यो एकाङ्की तिमीहरूजस्तै बालबालिकाले स्कुल वा अन्यत्र मञ्चन पनि गर्न सक्नेछौ।

RELATED BOOKS