BP Koirala ko Diary
BP Koirala ko DiaryBP Koirala ko Diary

BP Koirala ko Diary

Parimarjit Sanskaran

बिपी कोइरालाको डायरी: परिमार्जित संस्करण

Paperback
Rs 360Rs 400
Genre:Political Structures: Democracy
Language: Nepali
Published:May 15, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937 934442
ISBN10:9937934443
Dimensions:5.0 x 8.3 x 0.3 inches
Weight:300 g

पछिल्लो बाहिरी पृष्ठबाट

'बीपी कोइरालाको डायरी नामले नै पनि प्रस्तुत कृति कुन विधा हो भन्ने बुझिन्छ । तर यो दुवैजस्तो जेलभित्र बसेर लेखिएको होइन । संवत् २००८ देखि २०१३ सम्मको नेपालको अति सङ्क्रमणशील अवस्थामा बीपी कोइरालाद्वारा लेखिएको मूलतः राजनीतिक दस्ताबेज हो । यो डायरी सक्षिप्त छ । तर यसले नेपालको अधिकांश भाग र भारतका दिल्ली, बम्बई, कलकत्ता, पटना, बनारस, दार्जिलिङलगायत स्थानबाट त्यस बेलाको नेपालको राजनीतिलाई प्रभावित पार्ने घटना र पात्रहरूलाई समेटेको छ ।

प्रस्तुत डायरी मूलतः राजनीतिक विषयवस्तुमा आधारित भए पनि अन्तर्राष्ट्रिय रूपमा चर्चित खासगरी साहित्यिक र केही राजनीतिक दर्शनका किताबलाई त्यसै बखत बीपीले पढेको र तिनको संक्षिप्त तर सटिक रूपमा विवेचना भएको कारणले गैरराजनीतिक दृष्टिले पनि यो कृति थप मूल्यवान बनेको छ ।

त्यस बेलाको नेपालको राजनीतिक स्थितिलाई आँखीझ्यालबाट हेर्न २०१२ सालको अन्त्यतिर र २०१३ को प्रारम्भमा बीपीले गर्नुभएको हाल गण्डकी प्रदेशका अधिकांश जिल्लाहरूको करिब एक महिनाको भ्रमणलाई लिन सकिन्छ । यस भ्रमणमा नेपाली काङ्ग्रेसका सभापति सुवर्ण शमशेर र कुनै बेला महामन्त्री रहेका डा. तुलसी गिरी, विश्वबन्धु थापासमेत साथमा रहेको देखिन्छ । 'बाटो अप्ठेरो भएका कारण सुवर्णजीलाई निकै गाहो भइरहेको थियो । तर तुरुन्तै बीपी लेख्नुहुन्छ, 'म पनि उत्तिकै थाकेको थिएँ । बाटोमा देखिएको हिमालको दृश्य मनमोहक थियो' । राजनीतिक डायरी भए पनि बीपीको लेखाइमा साहित्यिक तत्त्व भरपूर रहेको छ ।