Baralko Aasu
Baralko AasuBaralko Aasu

Baralko Aasu

बरालको आँसु

Paperback
Rs 335
Genre:Non-fiction
Language : Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937321938
ISBN10:993732193X

पुस्तकको बारेमा

बाल्यकालदेखि गीत गाउन सिपालु भएकाले बहादुरसिंह बराललाई पल्टनमा ‘शङ्खस्वर’ भन्ने गरिन्थ्यो ।

‘बरालको आँसु’ उनीद्वारा नेपाली भाषामा रचित गीत, गजल र भजन लगायतका साहित्यरूपी पुष्पसौगात स्वरूप नेपाली साहित्यलाई भेटी चढाइएको सङ्ग्रह हो । यस कृतिमा १६८ वटा रचनाहरू सङ्कलित छन् । ६ भागमा विभाजित यस कृतिको पहिलो भागमा ४०, दोस्रो भागमा ४१, तेस्रो भागमा ४०, चौथो भागमा ७, पाँचौँ भागमा २० र छैटौँ २० वटा रचना सङ्कलित छन् । यसको परिशिष्टमा उनका अन्य कृति गोर्खाली ढोगभेट विधि र स्तुति भजनहरू पनि समावेश गरिएको छ । उनका रचनाहरूमा प्रेमप्रणयमूलक/रागात्मक एवम् प्रणयेतर/रागेतर दुवै प्रकारको विषयवस्तु, भाव वा विचारको प्रयोग गरिएको पाइन्छ । समग्रमा यस कृतिलाई राष्ट्रप्रेम/राष्ट्रिय, सामाजिक-सांस्कृतिक र जातीय जागरण, नीतिवादी औपदेशिक तथा धार्मिक विषयक गीत/गजल सङ्ग्रहका रूपमा लिन सकिन्छ । 

यो पुस्तक सन् १९३२, १९३३, १९३५, १९३६ र १९३८ मा गरी पाँच संस्करण छापिएको थियो । वि.सं. २०५० मा बहादुरसिंहका सुपुत्र खड्गजीत बराल (नेपाल प्रहरीका अवकाशप्राप्त आइजिपी तथा म्यानमारको लागि अवकाशप्राप्त आवासीय नेपाली राजदूत) को प्रकाशकत्वमा बरालको आँसुको नवीन संस्करण भनी पुन: प्रकाशित भयो ।

अन्तिम संस्करण डा. खगेन्द्रप्रसाद लुइटेल (हाल त्रिभुवन विश्वविद्यालयको नेपाल केन्द्रीय विभागको विभागीय प्रमुख) बाट सम्पादित भई वि.सं. २०६९ मा प्रकाशित भयो । 

सम्पादक
डा. खगेन्द्रप्रसाद लुइटेल
त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुर, काठमाडौं नेपाल
साइप्रिकाशन

 

 

पछिल्लो बाहिरी पृष्ठबाट

डा. खगेन्द्रप्रसाद लुइटेल

लेखन / प्रकाशन समालोचना

  • आधुनिक नेपाली समालोचना (२०५७)
  • कविता सिद्धान्त र नेपाली कविताको इतिहास (२०६०)
  • पर्वीय र पाश्चात्य साहित्य सिद्धान्त (२०६१)
  • कविताको संरचनात्मक विश्लेषण (२०६२)
  • कवार्ताविज्ञान र लोकसाहित्य (२०६३)
  • नेपाली काव्य समालोचना (२०६७)
  • नेपाली नाट्य समालोचना (२०६७)
  • नेपाली निबन्ध समालोचना (२०६८)
  • पाश्चात्य साहित्य सिद्धान्त (२०६८),
  • लोकसाहित्य परिचय (२०६८),
  • नेपाली उपन्यासको इतिहास (२०६९) लगायत ४० वटा

कोश, भाषा / व्याकरण

  • नेपाली प्रकृति प्रत्यय कोश (२०५३)
  • कोशविज्ञान (२०५८),
  • पहरी भाषा संस्कृति (२०५९),
  • आधुनिक भाषाविज्ञान (२०६०) लगायत १५ वटा ।

संशोधन - परिमार्जन, सम्पादन

  • नेपाली बृहत् शब्दकोश (२०५३),
  • सनत रेग्मीका प्रतिनिधि कथा (२०६०),
  • डा. बल्लभमणि दाहालका रचनाहरू (२०६३)
  • हरिहर शास्त्रीका प्रमुख कविता (२०६९) लगायत २४ वटा ।

निबन्ध

  • बार वर्षपछि हनिमुन ( २०६८, नियात्रा)
  • चाउरिएको जिन्दगी (२०६८, श्यामव्यङ्ग्यात्मक निबन्ध) । 

अनुवाद

  • गाइड (२०४९, अङ्ग्रेजीबाट नेपालीमा, उपन्यास) ।

सेवा / संलग्नता

  • प्राध्यापन, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग 
  • माध्यमिक विद्यालय नेपाली विषय समितिको सदस्य, नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्र 
  • नेपाली स्नातकोत्तर कार्यक्रमको विशिष्ट सल्लाहकार तथा प्राज्ञिक सल्लाहकार परिषद् (निनाद) को सदस्य, गौहाटी विश्वविद्यालय, भारत
  • एम्. ए. र पीएच्. डी. स्तरीय थुप्रै शोधनिर्देशन
  • नेपाली समालोचनामा संरचनावादी समालोचना पद्धतिको प्रवर्तन, विकास र मानक स्थापना,
  • डायस्पोरिक अनुसन्धानमा क्रियाशील आदि ।

सम्मान / पुरस्कार

  • प्राथमिक तहदेखि उच्च तहसम्म सर्वप्रथम भई जेहेनदार छात्रवृत्ति तथा विद्वत्वृत्ति प्राप्त ( २०२६ देखि), 
  • कुलचन्द्र कोइराला स्मृति सम्मान (२०५६), 
  • महेन्द्र विद्याभूषण क श्रेणी (२०५९), सम शतवार्षिकी सम्मान (२०६१),
  • कृष्णाकुमारी गुरुङ स्मृति पुरस्कार (२०६२), 
  • शिक्षा पुरस्कार (२०६२),
  • भगवती बुढाथोकी स्मृति पुरस्कार (२०६४), 
  • नेपाल प्रहरी सम्मान (२०६५),
  • दीपा - जनमत सम्मान (२०६५),
  • सयपत्री राष्ट्रिय सम्मान (२०६७),
  • प्रहरी सर्वोत्कृष्ट साहित्य पुरस्कार (२०६८)
  • पहलमानसिंह स्वार साहित्य प्रतिभा सम्मान (२०६८),
  • विश्वको आधुनिक संरचनावादी समालोचना पद्धतिको नेपालीमा प्रवर्तन र मानक स्थापना गरेबापत तेरथुम सरोकार समाज तथा तेरथुम जिल्लाबाट विशेष अभिनन्दन-सम्मान (२०६७/२०६८),
  • नेपाली साहित्य परिषद् असम, गौहाटी विश्वविद्यालय, भारतीय गोर्खा परिसङ्घ, असम नेपाली साहित्य सभा, भारतीय नेपाली विद्यार्थी सङ्घ, नेपाली साहित्य परिषद् शोणितपुर, नेपाली साहित्य परिषद् निकासी, ज्ञानपीठ डिग्री कलेज निकासी, नेपाली प्रज्ञा प्रतिष्ठान म्यान्मा, अखिल म्यान्मा गोर्खा हिन्दू धार्मिक सङ्घ, रामेश्वर विद्यापीठ म्यान्मालगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक, शैक्षिक, प्राज्ञिक, साहित्यिक सङ्घसंस्थाबाट विशेष अभिनन्दन एवं सम्मान (सन् २०१० / २०११),