Nabin Bibash

Nabin Bibash

नवीन विभास

नवीन विभास नेपाली साहित्यका एक कवि, कथाकार तथा निबन्धकार हुन् ।
नवीन विभासको जन्म वि.सं. २०३६ साल मङ्सिर २९ गते राङ्कोट गाविस वडा नं.– ७, जैपा, रोल्पामा भएको हो । उनको खास नाम किरण पुन हो ।
विशेष गरी विपन्न र समाजको नेपथ्यमा छेकिएका मानिसहरूका कथालाई कविता, निबन्ध तथा कथाका माध्यमबाट प्रस्तुत गर्न माहिर नवीन विभास युद्ध साहित्य लेखनमा क्रियाशील छन् । राजनीतिक द्धन्द्धको परिवेश, भोगाइ र असरहरूलाई कथ्यमा उतार्ने प्रयासमा नवीन विभासले मानवजीवनका दैनन्दिनी समातेर सम्वेदनशील र चिन्तनीय कथाहरू लेख्न सिपालु छन् ।

नवीन विभासलाई रोल्पा सुइनाको लागि वि.स. २०७३को पद्मश्री साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।

Nabin Bibash has been nominated for Padmashree Sahitya Puraskar for Rolpa Suina in 2073 BS.

Books Authored by Nabin Bibash

Award Nominations