गोविन्द गिरी प्रेरणा मकवानपुरको टेक्कर सिस्नेरीमा जन्मिएका गोविन्द गिरी प्रेरणा अमेरिका बस्छन् । एकाउन्टेन्ट तथा लेखा परीक्षा_ रूपमा नेपालको त्रिभुवन विश्वविद्यालयमा साढे २२ वर्ष काम गरी स्वैच्छिक अवकाश लिएका उनी अमेरिकामा जीवन बिमा व्यवसायमा संलग्न छन् । कथा, उपन्यास, कविता, नियात्रा, निबन्धलगायतका विभिन्न २६ ओटा पुस्तक लेखिसकेका प्रेरणाले केही कृति सम्पादन तथा अनुवाद पनि गरेका छन् । नारायणी वाङ्मय पुरस्कार, युवा वर्ष में मोती पुरस्कार, मैनाली कथा पुरस्कार, वासु शशी स्मृति साहित्य पुरस्कारलगायत पुरस्कार तथा सम्मान प्राप्त गरेका उनका केही रचना हिन्दी, अङ्ग्रेजी, मलाय, टर्किस, चिनियाँ तथा बङ्गाली भाषामा समेत अनुवाद भएका छन् । विभिन्न नेपाली तथा विदेशी साहित्यकारका फुटकर जीवनीमूलक रचना लेख्दै आएका प्रेरणाको पूर्ण जीवनी पुस्तक भने सुश्री पारिजात पहिलो हो ।