कट्कटाउँदो जाडो छल्दै-छल्दै
वेस क्याम्प पुगेर अन्नपूर्ण र माछापुच्छ्रेको
पोट्रेट कविता कोर्न बसेँ ...
ती हिमालहरूले साउती मार्दै भने-
कवि !
कार्वन मिश्रित तेजाव जस्तो वायुले हामी छट्पटिरहेछौँ
के तिमीलाई कालापत्थर झैँ अँध्यारिएको
हाम्रो अनुहारले दुःखी बनाउदैन ?