Uttam Shanti Puraskar

Uttam Shanti Puraskar - 2078

४३ वर्षको उमेरमै दिवंगत हुनुभएका कुँवरको देहावसानपछि उहाँकी धर्मपत्नि शान्ति कुँवरले यो पुरस्कारको स्थापना गर्नुभएको हो । उहाँको पनि देहावसान भएपछि ‘उत्तम शान्ति पुरस्कार’ भनेर पुनर्नामाकरण गरिएको हो । हाल १ लाख राशि रहेको यो पुरस्कार वर्षभरि प्रकाशित गैरआख्यान कृतिमध्ये चयन समितिबाट उचित ठानिएको कुनै एक कृतिलाई प्रदान गरिन्छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरुलाई उत्तमशान्ति पुरस्कारद्धारा सम्मानित गर्दै आएको छ । Uttam Kunwar Smarak Puraskar Guthi, Kathmandu Establised in 2045 B.S
View winners for all years

Winner

Satyamohan
गिरीश गिरीले सहलेखन गरेको पुस्तक ‘सत्यमोहन’लाई २०७८ सालको उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ । २०७८ सालभरि प्रकाशित गैरआख्यानका कृतिहरूलाई सो पुरस्कार प्रदान गर्ने गरिन्छ ।एक शताब्दी लामो इतिहासको आँखीझ्यालका रूपमा प्रेरणादायी रहनुका साथै शैलीगत दृष्टिले पनि रोचकताले ओतप्रोत गिरीश गिरिद्वारा लिखित ‘सत्यमोहन’ नामक आत्मकथात्मक कृतिलाई वरिष्ठ लेखक तथा समालोचकहरू संलग्न समितिले पुरस्कारका लागि चयन गरेको छ ।