Reviews for Urmaal

★ ★ ★ ★ ★

10

★ ★ ★ ★ ★

0

★ ★ ★ ★ ★

1

★ ★ ★ ★ ★

1

★ ★ ★ ★ ★

1

4.3

13 reviews

Your Review

Showing 13 Customer Reviews
TK
Tilak Kainee
★ ★ ★ ★ ★
January 4, 2026

LM
Lill Monk
★ ★ ★ ★ ★
December 28, 2025

absolutely 💗

BA
Bishnu Aryal
★ ★ ★ ★ ★
December 1, 2025

DR
Dilli Ram Kattel
★ ★ ★ ★ ★
October 10, 2025

#उरमाल_अर्थात_चिया_टिप्ने_झोली पुस्तकहरु किनिन्छन अनि पालैपालो पढिन्छ्न । पढ्ने पालो ठ्याक्कै आएर शुरु गरेकै दिन #मदन_पुरस्कार_२०८१ घोषणा भयो । दशकौंपछि पुरस्कृत कृति `डुवर्स´कृत थियो । अनि ? अनि त झन पढी नसिद्धिन पाएन उरमाल अर्थात् `चिया टिपेर हाल्ने थैलो अथवा झोली´ले । थैलो खोलेर बरालिन थालेपछि कता कता पुगियो , पुगियो । मुल कथा , कथाका पात्र , पात्रै पिच्छेका उपकथा , उपकथा भित्रका पनि इतिहास , भूगोल मिथक, ... । तर सबैका आ-आफ्नै ब्यथा । त्यसैले त केहि हरफहरु टिपेरै नराखी नसकिने ... १. यो दुनियाँ कति खराब छ नि , हाँस्न त मन खोलेर सकिन्न-सकिन्न , रुन पनि मन खोलेर सकिन्न । २. रुखले त नढलुन्जेल उसलाई पनि छहारी नै दिने हो , जसले ढाल्नलाई फेदैमा बन्चरो हानिरहेको हुन्छ । ३. बगेर आउने नदीले माथिबाट पानीमात्र ल्याउँदैन, दु:ख पनि साथमै ल्याउँछ । ४. अरुको उज्जालोमा बाँच्नेहरुको दु:ख जूनकै जस्तो हुनेरहेछ , जसको आधा उमेर त अँध्यारोमै बितेर जानेरहेछ । ५. मान्छेका आधा दु:ख त यसै कम भैदिन्छन , जब दु:खका बेला दु:ख सुन्न साथमा कोहि भैदिन्छन । ६. हत्केलाले हुरी रोकेर जलिरहेको दियोलाई निभ्नबाट जोगाउन सकिन्छ र ? ७. सँगसँगै भएर पनि कहिल्यै नभेटिनुको पीडा खोलाका दुई किनार भन्दा बढी अरु कसलाई थाहा होला र ? ८. हत्केलामा उठाउँदा जुन पानी बेरंगको देखिन्छ , त्यही पानी गहिराइमा पुगेपछि निलो देखिन्छ । ९. चियाका मुना र मेरी आमाका सपना एकै हुन, दुबै चुडिनकै निम्ति मात्र पलाउँछन । १० ... यस्तै यस्तै कैयन हरफहरुमा रुमलिएर हिंड्न थालेपछि छुदेन काविमोले केही सोच्न वाध्य बनाए । त्यसपछि ? त्यसपछि , मेरो मथिङगलले पनि केहि कोर्‍यो:- मानिसको मुटुमा मुख्यतया चार भाग हुन्छन् :जसले क्रमशः माय, आँसु पीडा र पुस्तान्तरणलाई प्रतिनिधित्व गर्छन् । जीवनमा लगभग सबै हिसाब अमिल्दा नै हुन्छन् , तर फर्मुला लगाएर जीवनको हिसाब मिलाइदिने गणित शिक्षक अभाव सदावहार रुपमा रहिरहन्छ । झारखण्डबाट कसरी उराँवहरुलाई अंग्रेजले डुवर्स तिर पुर्‍याउन सफल भए र चियाका बोटमा उनीहरूका रगत पसिना मिसाए । सुफोक अर्थात आधुनिक सेभोक(जुन सिलिगुडी भन्दा केहि माथि पर्ने ठाउँ)को कथा, बाघपूलमुनी निदाएर बग्ने टिष्टाको कथा , कर्‍याङकुरुङको कथा । चिया पिउन राजाहरुले सिके र सिकाए , तर चिया कमानेहरुको दु:खका कथाहरू त्यसपछि शुरु भए । मन नै मरेको मानिसलाई अरु कुरा हुनु र नहुनुमा तात्विक तात्पर्यता रहन्न । जीवनको परिभाषा: `खोलाको चप्लेटी´ । नङ र मासुको जस्तो संबन्धमा पनि टकराव आउँछ किनकि नङ लामो हुने बित्तिकै मासुलाई असर गर्ने आसयमा काटेर फालिन्छ । हार्दिक बधाई ! Chuden Kabimo 🙏🇳🇵

PM
Pratima Magar
★ ★ ★ ★ ★
October 9, 2025

KD
Kathmandu district court backup 13
★ ★ ★ ★ ★
October 7, 2025

★ ★ ★ ★ ★
September 21, 2025

RA
Raju Adhikari
★ ★ ★ ★ ★
September 21, 2025

RG
Rasmila Gurung
★ ★ ★ ★ ★
September 3, 2025

DS
deepak shrestha
★ ★ ★ ★ ★
August 25, 2025

DG
Dukendra Ghimire
★ ★ ★ ★ ★
August 23, 2025

U
U2nepalAcademy
★ ★ ★ ★ ★
August 22, 2025

RP
Raju pokhrel
★ ★ ★ ★ ★
July 22, 2025