Genre: | Novels |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937924689 |
ISBN10: | 9937924685 |
Pages: | 240 |
Weight: | 215 g |
Published: | November 17, 2020 |
Edition: | 2 |
अमेरिका जान र बुझ्न खोज्नेले पढ्नै पर्ने संघर्ष र सफलताको रोमाञ्चक कथा; अमेरिकावासी सन्तोष लामिछानेको पहिलो उपन्यास "अल्टिमेट आकाश" ।
सन्तोष लामिछानेको जन्म सन् १९८३-मा काभ्रेपलान्चोकको पाँचखालमा भएको थियो । उनी दश बर्षको उमेरमा अध्ययनको लागि काठमाडौँ आए । काठमाडौँबाट प्रवेशिका पास गरेपछि सन् २००२ मा उनी अमेरिका आए । उनले युनिभर्सिटी अफ टेक्सास आर्लिङ्गटनबाट २००७-मा स्नातक र युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट २०११-मा स्नातकोत्तर प्राप्त गरे । उनी २००८-देखि म्याडिसनमा बस्दै आएका छन् ।
सन्तोषको पहिलो कृति "चामल खानेहरू र चौलानी पिउनेहरू" कविता सङ्ग्रह २०१४-मा जनमत प्रकाशन काभ्रेबाट प्रकाशित भएको थियो । उनी नेपाली चलचित्र "बिजुली मेसिन" का निर्माताहरूमध्ये एक तथा बिज्ञान सल्लाहकार पनि हुन् ।
"अल्टिमेट आकाश' उनको पहिलो उपन्यास हो । यसमा उनले नेपालबाट स्नातक गर्न अमेरिका आउने आफू जस्तै केही काल्पनिक पात्रहरूको कथा रोमाञ्चक शैलीमा प्रस्तुत गरेका छन् । यो उपन्यास १८- बर्ष वा त्यसभन्दा बढी उमेरका व्यक्तिहरूको लागि मात्र सिफारिस गर्दछौं ।