Genre: | Contemporary Fiction |
---|---|
Language: | Nepali |
Published: | September 2021 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937094191 |
ISBN10: | 9937094194 |
चौध वर्षकी मायाको जीवन दुःखमय छ । बाको मृत्यु भइसकेको छ, दाइ विदेशमा मजदूरी गर्छन् । आर्थिक अभाव छ । यस्ता थुप्रै दुःखमध्ये पनि मायाको सबैभन्दा ठूलो दुःख छ विधवा भएकै कारणले अरूले आफ्नो आमामाथि गर्ने दुर्व्यवहार | यसले मायालाई मानसिक रूपमा पनि धेरै गाह्रो बनाएको छ । तर यस्ता कुराबाट अविचलित मायाले आफ्नो साहस र विवेक प्रयोग गरेर अँध्यारो वर्तमानमा उज्यालोको रङ भरेकी छे ।
यो उपन्यासले सामाजिक र लैङ्गिक विभेद, अन्याय र कुसंस्कारविरुद्ध लड्ने मायाजस्ता किशोरीहरूको सङ्घर्षलाई उदाहरणको रूपमा प्रस्तुत गरेको छ ।
Mobile Apps
Contact