Tikapur Ghatnako Chirphar
Tikapur Ghatnako ChirpharTikapur Ghatnako Chirphar

Tikapur Ghatnako Chirphar

टिकापुर घटनाको चिरफार

Paperback
Rs 500
Genre:Autobiography: Politics, Social & Political Philosophy, Non-fiction
Language : Nepali
Published: August 03, 2017
Paperback
Origin:Nepal
ISBN13:9789937025676
ISBN10:9937025672

पछिल्लो बाहिरी पृष्ठबाट

संसारमा एउटा मान्छेले कतिसम्म गुमाउन सक्छ र कति गुमाउनु पर्दछ ? मैले आफ्नो भौतिक शरीर बाहेक सबै गुमाएको कहिलेकाँही महसुस गर्दछु । समाज र देशको लागि भलो चिताएर थुप्रै राष्ट्रिय तक्मा पाएको थिएँ तर फेरि कुभलो चिताइएको आरोपमा देशद्रोहीको तक्मा भिरेर निर्वासित जीवन बिताउँदै छु । म त निरीह बनाइएर बाघको आहाराको निमित्त आर क्षमा पालिएको मृग जस्तै पो रहेछु, सायद राजनीतिका चतुर सिकारीहरूले यस्तै सिकारको खोजी गर्दा रहेछन् क्यारे ! म बालक हुँदा राउटे दाइहरूले बाँदरको सिकार गरेको निकै चाख मानेर हेर्थे र सोच्थेँ, यति चलाक बाँदर कसरी राउटे दाइहरूले फकाइ फकाइ मार्छन् हँ ? आज समाज र देशमै पनि चतुर कहलिएको म, आफै राजनैतिक राउटेहरूको सिकार भैसकेको रहेछु । प्रजातान्त्रिक, लोकतान्त्रिक मुलुकमा बोल्न पाउने, राज्यसँग आफ्नो अधिकारको आन्दोलन गर्न पाउने व्यवस्थामा कहाँनेर चुके म ? टिकापुर घटनाले मैले कम्तीमा यति त बुझ्ने मौका पाएँ कि राज्य कानुन सम्मत होइन ब्यक्ति सम्मत चल्दोरहेछ ! अनुसन्धान कागजमा लेखिने मनपरि अक्षरहरू मात्रै हुँदारहेछन् । पत्रकारिता आफ्नो धर्मले होईन निहित स्वार्थले चल्दोरहेछ ! मुलुक मनपरी गर्नेहरूको धन्सारमा थन्किसकेको रहेछ ! हाम्रो मुलुकको हरेक तह तप्कामा राजनीतिको भाइरसले क्यान्सर बनाइसकेको रहेछ ! मलाई त एउटै चिन्ता के छ भने, के साँच्चिकै अब यो मुलुक स्वार्थी राजनीतिकर्मिहरूको ढुकुटीबाट जनताको पोल्टोमा आउला त ? के नेपाली पौरखी युवाहरूको भविष्य अझै राजनैतिकदलको सदस्यतामा मात्रै छ त ? न्याय अन्यायको फैसला समेत आफैले गर्ने, आफुले चाहे अनुरूप नै मुलुक व्यवस्थापन गर्न खोज्ने हो भने राजनीतिकर्मिको मुकुण्डो कस्को हो त ? ईश्वरको हो या बुख्याँचाको !