Delivery in 1-3 days
पी.टी. बार्नमको पैसा कमाउने कला' (The Art of Money Getting, 1880) ले धन कमाउने आधारभूत सिद्धान्तहरूलाई सरल र प्रभावकारी शैलीमा प्रस्तुत गरेको छ । यस पुस्तकले राम्रो परिणामका लागि एकैपटक धेरै व्यवसायमा लगानी गर्नुको सट्टा एउटै व्यवसायमा लगानी गरी निरन्तरतासँगै मेहनत गर्न प्रेरित गर्छ । खर्च नियन्त्रण, लगानीमा सावधानी र निरन्तर सुधारको सोचलाई ध्यानमा राखेर समयको सदुपयोग गरी धन कमाउने आधारभूत सर्त नै यस पुस्तकको लक्ष्य हो । तत्कालीन समय-सन्दर्भअनुसार उदाहरणहरू प्रस्तुत गरी सरल भाषामा लेखिएको यस पुस्तक आजको उद्यमशील विश्वको लागि उत्तिकै सान्दर्भिक छ ।
Your review helps others make informed decisions
Click on a star to start your review