Genre: | Literature/Essays |
---|---|
Language: | Nepali |
Published: | April 27, 2019 |
Edition: | 1st |
Paperback | |
Pages: | 175 |
Weight: | 100 g |
भीष्म उप्रेतीका कविता, निबन्ध र नियात्राका गरी १८ ओटा पुस्तक प्रकाशित छन् । बी.बी.सी. युवा कविता प्रतियोगिता २०४९ तथा राष्ट्रिय कविता महोत्सव २०५० मा प्रथम भएका भीष्म उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार, कुमार सरस्वती उत्कृष्ट साहित्य सिर्जना पुरस्कार, ससिद्धि कलाश्री युवा पुरस्कार आदिबाट पुरस्कृत भएका छन् । उनी भारत एशियाली साहित्य एकेडेमी नयाँ दिल्लीबाट क्रिएटिभ अवार्ड - २०१४ बाट समेत सम्मानित भएका छन् । उनका रचनाहरू अङ्ग्रेजी, हिन्दी, तमिल, जापानी, कोरियाली, सर्बियाली, स्लोभेनियाली, सिंहली र संस्कृत भाषामासमेत अनुवाद भई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल, पत्रिका तथा सङ्ग्रहहरूमा प्रकाशित छन् । उनका पुस्तकहरू जापानी, हिन्दी, अङ्ग्रेजी र सर्बियाली भाषामा प्रकाशित छन् । पुस्तक लेखनका अतिरिक्त उनी अनुवादसमेत गर्दछन् । भीष्म 'द विङ्स' नामक समकालीन कविताको अन्तर्राष्ट्रिय जर्नलको सम्पादक पनि हुन् ।
यो पुस्तक निजात्मक अनुभूति र व्यक्तिचित्रलाई समेटेर तयार पारिएको छ । आम चलनचल्तीमा सोधिने ‘तपाईंको पहाड कहाँ हो ?’ निबन्ध पुस्तककै शक्तिशाली निबन्ध हो ।