Delivery in 1-3 days
यदि सफल बन्नु छ भने तपाईंमा आत्मविश्वास चाहिन्छ कि म यो काम सफलताका साथ सम्पन्न गर्न सक्छु ।
तपाईं केही गर्न चाहनुहुन्छ, तपाईं केही बन्न चाहनुहुन्छ तर साँचेजस्तो भइरहेको छैन । अक्सर हाम्रा जीवनमा यी र यस्ता समस्याहरू उत्पन्न भइरहन्छन् । त्यस्तो अवस्थामा एउटा सानोमात्र आधारले पनि अवरुद्ध तपाईंका उन्नतिको यात्रालाई मार्ग प्रशस्त गरिदिन सक्छ । जीवनका विभिन्न उमेर, समूह, अवस्था, पेसा, व्यवसाय, लक्ष्य, उद्देश्यमा लाग्न चाहने व्यक्तिहरूका निम्ति सफल बन्ने शब्दकुञ्जीहरूको सङ्ग्रह हो YOU CAN अर्थात् तपाईं सक्नुहुन्छ ।
तपाईं सक्नुहुन्छ तपाईंमा आत्मविश्वासको विकास गर्ने, सफलताका ती सूत्रहरूको सङ्ग्रह हो, जसले तपाईंलाई, तपाईंको जीवनलाई चमत्कारपूर्ण गति प्रदान गर्नेछ र तपाईंको जीवनमा आमूल परिवर्तन ल्याउनेछ ।
विजेता त्यही हो जो क्रियाशील हुन्छ । विजेता त्यही हो जसले असफलतालाई पनि सफलताको पहिलो पाइला ठान्छ । विजेता त्यही हो जो असफलतासँग कहिल्यै डराउँदैन ।
Your review helps others make informed decisions
Click on a star to start your review