Sinka Paunru

Sinka Paunru

सिन्का पाउँरु

Paperback
Rs 499
Genre:Contemporary Fiction
Language : Nepali
Published: December 31, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937131506
ISBN10:9937131502

पुस्तकको बारेमा

सिन्का पाउँरू’ उपन्यासको कथा मौसमीको हात समाएर हिँडिरहन्छ । मौसमीको मन मौसमजस्तै छ, जीवनले भावनाको गोहो पछ्याइरहन्छ । त्यसले पुर्‍याइदिएको बाध्यताको गहिरो दलदलबाट निस्कने प्रयत्नमा मौसमीले गरेको जराको खोज नै कथाको यात्रारेखा हो । हाँगाको फैलावट जति भएपनि त्यसको अस्तित्वको आधार जरा नै हो भन्ने स्मरण गराउँदै कथाले पहिचानलाई जराको बिम्बमा स्थापित गरेको छ । 
मौसमी गुरुङ समुदायकी हुन् । त्यसैले कथाले पाठकलाई गुरुङ संस्कृति र परिवेशसँग साक्षात्कार गराउँछ । गुरुङ समुदायकै पनि पुरानो पुस्ता र नयाँ पुस्ताबीच बढेको दूरीमा पुल निर्माण गर्छ । उपन्यासमा जीवनका तमाम समस्या हल गर्न समुदायले वर्षौँको अनुभव पर्गेलेर निर्माण गरेको मौलिक प्रणालीको महत्ताबोध र पुनर्जागरणको कथा छ ।