आधुनिक जीवनको तनाव र एक्लोपनबाट मुक्त हुने रैथाने मार्गको खोजी! २१ औँ शताब्दीको भौतिक सुविधा र डिजिटल चमकधमकका बीच आजको मानिस किन झन् बढी चिन्तित, अशान्त र एकाकी बन्दैछ? किन आधुनिक औषधिहरूले मात्र मानिसको आन्तरिक अशान्तिलाई पूर्ण रूपमा निको पार्न सकिरहेका छैनन्? जनस्वास्थ्यविद् तथा मानवशास्त्रीको गहन अध्ययन र अनुभवबाट जन्मिएको यो पुस्तक साया: मुन्धुमी चेतना र तनाव व्यवस्थापन ले यसको उत्तर हाम्रै माटो र पुर्ख्यौली दर्शनमा पहिल्याएको छ। किरात मुन्धुमी परम्परामा मानिसको आन्तरिक शक्ति, आत्मविश्वास र मानसिक दृढतालाई ;साया; भनिन्छ। जब मानिस आफ्नो पहिचान, समाज र प्रकृतिबाट विच्छेद हुन्छ, उसको ;साया; ढल्छ। यो पुस्तकले साया ढल्नु को वैज्ञानिक/मनोवैज्ञानिक रहस्य खोतल्दै, विश्लेषण गर्दै साया चोङमा; (शिर उठाउने) अनुष्ठानलाई आधुनिक तनाव व्यवस्थापनको सशक्त ओखतीका रूपमा प्रस्तुत गर्दछ।
यस पुस्तकमा तपाईँले पाउनुहुनेछ:
Your review helps others make informed decisions
Click on a star to start your review