Sathiharuko Mann Jitne Kaida

Sathiharuko Mann Jitne Kaida

साथीहरुको मन जित्ने काइदा

Genre:Self-help
Language : Nepali
Paperback
Weight:200 g

About the Book

“हामी के र कस्तो हुनुपर्ने हो भन्ने कुरामा हामी आधा मात्र जागृत
छौं । हामीले हाम्रो शारीरिक र मानसिक क्षमताको सानो अंशको
I
मात्र प्रयोग गर्न सकेका छौं । यसलाई अझ वृहत रूपमा भन्ने हो भने, हामी साँच्चै धेरै संकुचित जीवनयापन गरिरहेका छौं । वास्तवमा मानिसभित्र असिमित शक्तिको स्रोत हुँदाहुँदै पनि ऊ त्यसलाई

प्रयोगमा ल्याउन असमर्थ भइरहेका छन् ।”
विलियम जेम्स, प्राध्यापक हार्वर्ड विश्वविद्यालय
यस पुस्तकको उद्देश्य भनेको तपाईंमा लुकेर रहेको शक्ति र प्रयोगमा नआइरहेको स्रोतलाई जागृत गर्ने, उन्नत गराउने र तपाईंलाई त्यसबाट सकेसम्म लाभ पुऱ्याउन मद्दत गर्नु हो ।
‘सबै मानव प्राणी सहानुभूतिका भोका हुन्छन् । साना बच्चाहरू सहानुभूति हासिल गर्नकै लागि आफ्नो घाउ देखाउँछन् या आफैँले सानोतिनो घाउ चोट बनाउछन् । त्यसैगरी बयस्कहरू पनि सहानुभूतिकै लागि आफ्ना चोट देखाउँदै आफू दुर्घटना र बिरामी तथा शल्यक्रिया गर्नु परेको कुरा गर्दछन् । वास्तविक अथवा काल्पनिक दुर्भाग्यको लागि आफूलाई दुःख परेको वा आफ्नो भाग्यमा नै नभएको पात्र भनेर आफैमाथि सहानुभूति देखाउने मानसिकता भनेको सामान्यतया विश्वव्यापी रूपमा सबै मानिसमा हुनेगर्दछ ।”