Samjhanama Phakrieka Thungaharu
Samjhanama Phakrieka ThungaharuSamjhanama Phakrieka Thungaharu

Samjhanama Phakrieka Thungaharu

सम्झनामा फक्रिएका थुँगाहरू

Paperback
Rs 225 Rs 250
Genre:Memoirs
Language: Nepali
Published:February 2021
Paperback
Origin:Nepal
ISBN13:9789937084468
ISBN10:9937084466

पछिल्लो बाहिरी पृष्ठबाट

यो संकलनमा रोचक घिमिरेको स्मरणशक्ति (दैनन्दिनी आधारित)लाई विवरणले ओतप्रोत देखाएको छ । जीवनका चौधवटा सम्झनाहरूलाई कसैको समग्र परिचय निमित्त पर्याप्त स्रोत सामग्रीको रूपमा लिनु गाहारो हुने गर्दछ । तापनि सकारात्मक, साधु र नकारात्मक दुष्ट दुवै थरीका चरित्रप्रति आफू सर्वथा निस्पृह रही आफनो तराजुमा त्यस्ता पक्षलाई समान सन्तुलनमा राख्ने न्यायकर्ताको भूमिकालाई आत्मसात् गर्ने उहाँको योग्यताको केही आभास यो पुस्तकमा प्रकट भएको छ । - मदनमणि दीक्षित

विगतलाई सम्झनुमात्र ठूलो कुरा होइन । ती सम्झनालाई प्रभावकारी ढङ्गबाट शब्द चित्रमा खडा गर्न सक्नुचाहिं महत्त्वपूर्ण कुरा हो । यस पुस्तकमा रोचकको अन्तर प्रतिभाले त्यस्तै चित्रहरूको रचना गरेको छ । चौध वटा शीर्षकमा विभक्त यस पुस्तकमा लेखकले आफ्नो सामीप्यमा आएका केही साहित्यकार - साहित्यिक सम्पादक- तथा सम्पादकका रूपमा 'रचना'द्वारा आर्जित निजी अनुभवहरूलाई प्रस्तुत गरेका छन् । लेखक समसामयिक नेपाली साहित्यका कति गम्भीर पक्षका अध्येता, स्वच्छ व्याख्याता एवं तीक्ष्ण अन्वेषक रहेछन् भन्ने कुरा उनले आफैले चुनेको चौतारो रचनाको अपेक्षा यस पुस्तकमा प्रस्तुत सामग्रीको अध्ययनबाट पनि स्पष्ट हुन आउँछ । यहाँ लेखकले कसैको आत्मा भित्रैसम्म पसेर तिनको व्यक्तित्त्वको विवेचना गरेका छन् भने कतिपय कवि, लेखक, गायक, सम्पादक आदिसँगको भाव एवं भौतिक पक्षका अविस्मरणीय क्षणहरूको चित्रण गरेर प्रतिभा र योगदान तर्फ पाठकको ध्यान आकृष्ट गरिदिएका छन्  - मनुजबाबु मिश्र

नेपाली भाषा र साहित्यको सेवामा सधैं साधनारत रहिआउनुभएका रोचक घिमिरेका संस्मरणहरूको यो सँगालो महत्वपूर्ण कृति देखिन्छ । यसमा उहाँले हाम्रो साहित्य र संस्कृतिको क्षेत्रमा विशेष योगदान पुयाउनुभएका विभिन्न व्यक्तिहरूबारे विस्तृत रूपबाट बताउनुभएको छ । रोचकका यी रचनाहरूबाट उहाँ अत्यन्त अध्ययनशील हुनुहुन्छ भन्ने पनि थाहा पाइन्छ । उहाँले आफूले आर्जन गरेका ज्ञानगुनकाकुरा आफूमा मात्र सीमित नराखेर आफ्ना प्रिय पाठकहरूमा पनि राम्ररी नै पुयाउने गर्नुभएको पाइन्छ । हाम्रा लागि उहाँका रचनाहरू सम्बन्धित विषयमा सूचनात्मक ज्ञानवर्द्धक रहेका छन् । उहाँ स्वाभिमानी हुनाका साथै विनम्र पनि देखिनुहुन्छ । अरूका गुणहरूको कदर गर्ने र आफ्ना कमी-कमजोरी बताउन गाह्रो नमान्ने स्वभावका पनि हुनुहुन्छ । लेखकको नाउँ रोचक भएअनुसार उहाँको शैली चाखलाग्दो समेत छ । उहाँको जीवनका अनुभवहरू संस्मरणात्मक रूपमा भविष्यमा पनि यसै गरी हाम्रा अगाडि निरन्तर आइरहने गरून् । - श्यामप्रसाद

रोचकजीको यो 'सम्झनामा फक्रिएका ढुंगाहरू' अत्यन्तै रोचक छ । रोचक मात्रै होइन ठाउँठाउँमा निकै घोचक पनि छ । सूचनायुक्त र सन्देशयुक्त संस्मरणका प्रस्तुति मीठा छन् कलात्मक छन् । यी संस्मरण मर्मस्पर्शी छन्, जीवन्त छन् र प्रभावोत्पादक छन् । भाषा, शैली एवम् प्रस्तुतिमा कहीँ कतै बनावटीपन छैन । वक्र वा अस्पष्ट अभिव्यक्ति छैन । अमूर्तता वा स्वैरकल्पनाको छद्म उडान छैन । सम्झनामा फक्रिएका विभिन्न रङ्ग र सुवास-सम्पन्न धुंगाहरूलाई सरल एवं सरस भाषाको धागोमा कुशल कलाकारका औंलाहरूले कलात्मक तवरबाट उनेर प्रस्तुत गरिएको यो मनोहारी माला मलाई औधी मन पयो । आफ्नो यस पहिलो पुस्तकबाट नै नेपाली निबन्धकारहरूको अग्रपङक्तिमा आफूलाई प्रतिस्थापित गर्न रोचक घिमिरे सफल हुनुभएको छ । - नगेन्द्रराज शर्मा

 

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode