Sakas

Sakas

सकस

Paperback
Rs 375
Genre:Fiction
Language : Nepali
Edition:6th
Paperback
Origin:Nepal
ISBN13:9789937252898
ISBN10:993725289X
Pages:306
Weight:375 g

पछिल्लो बाहिरी पृष्ठबाट


व्यक्ति-व्यक्तिको मात्र होइन, गाउँ-गाउँको, जिल्ला जिल्लाको, क्षेत्र-क्षेत्र मात्रको पनि होइन, यो देशैभरिको सर्वाङ्गीण  सकस हो । विना अपराध निर्वासित, विस्थापित जनताबीच आइपरेको सकस हो । अनगिन्ती निर्दोष निहत्था जनता बिनसित्ति मारिदाको सकस हो । देशको सङ्कटको, राजनीतिक सङ्क्रमणको सकस हो यो । 
सकसैसकसको यस आख्यानले पाठकको मनलाई नछोई छाड्दैन । विशेषतः यसको रौद्रताले उद्वेलित बनाउँछ, बीभत्सताले पीडा, घृणा पैदा गर्छ र कारूण्यले भित्री मन पगाल्छ ।
ज्ञानमणि नेपाल, वरिष्ठ इतिहासकार
लिलामदेखि साबिती हुँदै सकससम्मको सजनयात्रामा उपन्यासकार जगदीश घिमिरेको एकमात्र प्रतिबद्धता हो- सामाजिक न्यायको शङ्खघोष । यो प्रतिबद्धता सकसमा अझ बढी मुखर, सघन, परिष्कृत र काव्यिक अभिव्यञ्जना सहित व्यक्त भएको छ। 
सकसमा आख्यानलाई इतिहास, दर्शन र विचारधाराले सम्पुष्ट पारिएको छ । छरितो भाषा, पुराणसम्मत शैली र ललित व्यङ्ग्यका दृष्टिले समेत यहाँ स्रष्टा जगदीश घिमिरे हाम्रो समयका एक मूर्धन्य प्रजापति बन्न पुगेका छन् । 
सकस नेपाली आख्यान साहित्यको एक अनुपम प्राप्ति हो ।
नारायण ढकाल, आख्यानकार
सकस एउटा अति विशिष्ट उपन्यास हो र नेपाली आख्यानमा सर्वथा नवीन बान्की पनि । 
यसमा कहालीलाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता जीवन्त कथानकमा रुपान्तरित भएको छ । फराकिलो कालखण्डको क्यानभासमा लेखिएको अध्ययन, धैर्य, आँट र सीपले खारिएको यो आख्यान अत्यन्त शक्तिशाली। छ। 
सकस नेपाली साहित्यको मूल्यवान धरोहर हो । आज म जगदीश घिमिरेलाई। नेपाली आख्यान साहित्यको शिखरमा देखिरहेको छ ।। 
नयनराज पाण्डे, आख्यानकार