Sahitya Samalochana ra Sahitya
Sahitya Samalochana ra SahityaSahitya Samalochana ra Sahitya

Sahitya Samalochana ra Sahitya

साहित्य समालोचना र सौन्दर्य

Paperback
Rs 675 Rs 750
Genre:Literature
Language: Nepali
Published:2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937924696
ISBN10:9937924693
Pages:375

पछिल्लो बाहिरी पृष्ठबाट

"साहित्य निर्माणमा कला र सौन्दर्य पक्षले पनि महत्त्व राख्दछ र त्यसको अभावमा साहित्य वास्तवमा साहित्य हुँदैन ।" भनी साहित्यको परिभाषा दिन रूचाउनुहुने मोहनविक्रम सिंहको जन्म वि.सं. १९९२ वैशाख ३ गते काठमाडौंको मरूटोलमा भएको हो । सानै छंदादेखि राजनीतिमा संलग्न रहनुहुँदै आफूलाई राजनीतिवृत्तमा सक्रिय तुल्याउँदै आउनुहुने उहाँ ८५ वर्षको उमेरसम्म पनि राजनीतिक्षेत्रमा आफ्नो अडान कायम राख्न सफल एकजना कम्युनिष्ट नेताका रूपमा स्थापित हुनुहुन्छ । वि.सं. २०१० सालमा नै कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका मोहनविक्रम सिंह हाल नेकपा (मसाल) का महामन्त्री हुनुहुन्छ भने छ दशकभन्दा बढी कम्युनिष्ट आन्दोलनमा संलग्न कम्युनिष्ट नेता हुनुहुन्छ ।

आफ्नो आस्था र सिद्धान्तमा अडिग मोहनविक्रम सिंह नेपाली राजनीतिवृत्तमा चर्चित एकजना कम्युनिष्ट आन्दोलनका व्याख्याकार पनि हुनुहुन्छ । मार्क्सवादी दर्शन र भौतिकवादी चिन्तनका साथ साहित्यिक कलम पनि चलाउँदै आउनुभएका उहाँका साहित्यिक लेखरचनाहरू प्रगतिवादी साहित्यिक क्षेत्रका लागि मार्गनिर्देशन हुन सक्ने लेखरचनाहरू हुन् भन्न सकिन्छ । मार्क्सवादी सौन्दर्य शास्त्रीय चिन्तनलाई कलात्मक ढ्ङगले विश्लेषण गरिएका लेख सङ्ग्रहकै रूपमा 'साहित्य समालोचना र सौन्दर्य ग्रन्थ प्रकाशित भएको छ । यस ग्रन्थमा वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार मोहनविक्रम सिंहले 'समाजलाई बढीभन्दा बढी उन्नत, समृद्धशाली र सुखी बनाउनका लागि साहित्यको आवश्यकता रहेको र 'साहित्य समाजकै एक अङ्ग हो' भन्ने धारणा प्रस्तुत गर्नुभएको छ र यो पुस्तक एकपल्ट सबैले अध्ययन गर्नुपर्ने साहित्यिक सामग्री हो भन्न सकिन्छ । ।

२०७६ चैत्र २९ बनेपा-८, काभ्रे

मोहन दुवाल जनमतका सहयात्री

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode