Rashtra Pararashtra
Rashtra PararashtraRashtra Pararashtra

Rashtra Pararashtra

Ektantradekhi Ganatantrasamma

राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म

Paperback
Rs 775
Hardcover
Rs 1120
Genre:Biography & Memoirs
Language : Nepali
Published: November 21, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937790116
ISBN10:9937790115
Dimensions:6.0 x 9.4 x 0.94 inches
Weight:409 g

Hardcover

Origin:Nepal
ISBN13:9789937790109
ISBN10:9937790107
Pages:1120
Weight:560 g

पछिल्लो बाहिरी पृष्ठबाट

अमेरिकाको विश्वविद्यालय क्लेयरमन्टमा पढिरहेका २४ वर्षे भेषबहादुर थापालाई राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाए । त्यसपछि उनी अर्थसचिव भए । नेपाल राष्ट्र बैङ्कका गभर्नर बने । राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारीसमेत पाए । ४० वर्ष नकट्दै यी महत्त्वपूर्ण जिम्मेवारी पाएका थापा पछि परराष्ट्रमन्त्री पनि बने; अमेरिका तथा भारतका लागि राजदूतसमेत भए । अझ पछि नेपाल-भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक बने ।

अस्थिर परिवर्तनहरूबाट गुज्रिएको नेपालको लामो कालखण्डलाई डा. थापाले प्रत्यक्ष हेर्न र भोग्न पाए । यस पुस्तकमा उनले त्यही समयलाई पुनर्दृष्टि दिने जमर्को गरेका छन् । २००७ सालको परिवर्तन, २०१७ सालको प्रतिपरिवर्तनदेखि गणतन्त्र नेपालसम्मका राजनीतिक आरोहअवरोह, आर्थिक मामिला, परराष्ट्र नीति तथा कूटनीतिक अभ्यास जान्न पुस्तक उपयोगी छ । यो पुस्तक देशको आर्थिक, राजनीतिक र कूटनीतिक पाटाहरूको 'भित्रिया वृत्तान्त' पनि हो ।