Purwi Nepalka Maulik Lokbhaka

Purwi Nepalka Maulik Lokbhaka

पूर्वी नेपालका लोकभाकाहरू

Paperback
Rs 230
Genre:Nepali Music
Language : Nepali
Published: March 13, 2022
Edition:1st
Paperback
Pages:196

पुस्तकको बारेमा

यस कृतिमा नेपालको प्रदेश नं एकमा पर्ने १४ ओटा जिल्लामा रहेका सम्पूर्ण जातजातिहरूमा प्रचलित १५५ ओटा मौलिक लोकभाकाहरूलाई एकै ठाउँमा समेटेर प्रकाशन गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत तयार गरिएको यस कृतिले लोकगीत, लोकसङ्गीत वा लोकभाकाहरूप्रति चासो राख्ने जोकोहीलाई बौद्धिक खुराक प्रदान गरेको छ । पाँच भागमा विभाजित प्रस्तुत कृतिको पहिलो भागमा पूर्वी नेपालको भौगोलिक तथा सामाजिक परिचय दिइएको छ भने दोस्रो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाहरूका सम्बन्धमा भएका पूर्वकार्यहरूका बारेमा विस्तृत खोज तथा अनुसन्धानात्मक सामग्री प्रस्तुत गरिएको छ । तेस्रो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाहरूको उदाहरणसहित प्रवृत्तिगत विश्लेषणसमेत गरिएको छ । यस क्रममा राई, लिम्बू, सुनुवार, तामाङ, शेर्पा, लाप्चा, मगर, गुरुङ, नेवार, धिमाल, थारू, दर्जी, खसआर्यलगायतका जाति तथा लोकसंस्कृति र जीवनपद्धतिसँग जोडिएका मौलिक लोकभाकाहरूका साथै अरुण उपत्यकाले उत्पादन गरेका लोकभाकाहरू र देशभक्ति तथा सामाजिक जागरणमा आधारित लोकभाकाहरू पनि सन्दर्भ र स्रोतसहित प्रस्तुत गरिएका छन् । चौथो भागमा पूर्वी नेपालका मौलिक लोकभाकाहरूमा समेटिएका विशेषताहरूको समालोचनात्मक चर्चा गरिएको छ भने पाँचौँ भागमा सम्बन्धित अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको छ ।