Pratyek Thau Pratyek Manche
Pratyek Thau Pratyek ManchePratyek Thau Pratyek Manche

Pratyek Thau Pratyek Manche

प्रत्येक ठाउँ प्रत्येक मान्छे

Paperback
Rs 400
Genre:Contemporary Fiction
Language : Nepali
Published: September 17, 2020
Paperback
Origin:Nepal
ISBN13:9789937935180
ISBN10:9937935180

पुस्तकको बारेमा

मन्त्र, यन्त्र तथा तन्त्र - यी तीनको त्रैमूर्तिक रूपबाट सारा वस्तुको सिर्जना भएको हुन्छ । पिटरको यो उपन्यासको विभाज न- प्रेल्युड, इन्टरल्युड तथा एपिल्युड- यसप्रकार, वास्तवमा मन्त्र, यन्त्र तथा तन्त्रमा विभाजित गरिएका छन् | प्रेल्युडले दार्जीलिङको ऐतिहासिक पृष्ठभूमि, इन्टरल्युडले व्यक्तिभन्दा घटना र घटनाभन्दा त्यसलाई सिर्जने पृष्ठभूमि एवम् त्यसको आर्तनादको महत्त्व र एपिल्युडले दुईको आपसी सम्बन्धलाई सामञ्जस्य प्रदान गर्न भूमिका निर्वाह गरेको छ । त्यही नै हो; कथा प्रत्येक मान्छे, प्रत्येक ठाउँको ।

- शङ्कर लामिछाने, ८ अक्टुबर १९७५

पछिल्लो बाहिरी पृष्ठबाट

दार्जीलिङेली नेपाली जीवनलाई लेख्ने यो कान्छो तर धेरै खाइखाँदो औपन्यासिक कृति भएको छ यो । यसको औपन्यासिक रूप जस्तो प्रयस्त छ, उपन्यास लेखकहरूलाई रूप (फर्म) को उपयोगिता र महत्त्वमा सचेत पार्ने बलियो झकझकाइ भएको छ । मान्छे प्रत्येक र ठाउँ प्रत्येकमा यो नभुलिने भएको छ ।

- इन्द्रबहादुर राई, १२ जनवरी १९७८