Delivery in 1-3 days
त्यसो भए म के बन्न चाहन्थेँ त ? त्यसमा भने म स्पष्ट थिइनँ । तर एउटा छवि थियो । मैले एउटा झोला भिरेको छु । त्यस झोलामा समाज सुधारका केही पुस्तिका छन् । म ती पुस्तिका बाँड्दै हिँड्छु । मानिसहरू मेरा कुरा सुन्दै छन् । मलाई अरू चिन्ता छैन । घाम पानी केही नभनी म गाउँ-गाउँ, घर-घर पुगी दुःखी र पीडितको भलाईमा लागेको छु । यो छवि कहाँबाट आयो मलाई थाहा छैन । कुनै पुस्तकमा पढेर पछि बिर्सेको पो हो कि ! अहिले पनि म आफूलाई यो प्रश्न गर्छु । तर यही हो भनेर भन्न सक्दिनँ ।
कोठामा भएका अरू व्यक्तिको निमित्त यो समाचार महत्वपूर्ण थिएन तर म भने छाँगाबाट खसे जस्तै भएँ । .. मृत्युले प्रत्येक मानिसको जीवनलाई अप्रत्यासित मोड दिन्छ । त्यो आफ्नै हुनुपर्छ भन्ने छैन ।
आफ्नो परिवारमा उहाँले सर्वाधिक तारिफ भने हजुरआमाको गर्नुभएको छ । हजुरआमाको क्रान्तिकारी निडरपन र साहसको कथालाई पारिवारिक अंश प्राप्तिका लागि लड्नुपरेको मुद्दाको कथाले अर्कै उचाइ दिन्छ ।
कन्याकुमारीबाट फर्कदा अब म यो अलमलमा फस्दिन भनेर आएको थिएँ । तर बनारसको त्यो रातको मारपिट अनि दुर्गा सुवेदीको गिरफ्तारी, म जानी नजानी उही पुरानै चक्रब्यूहमा फेरि फस्दै थिएँ । यसपल्ट त्यो चक्रब्यूह झन् कठिन थियो ।
Your review helps others make informed decisions
Click on a star to start your review