Parasuram
ParasuramParasuram

Parasuram

Parasuram

परशुराम

Paperback
Rs 375
Genre:Fiction
Language : Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937780711
ISBN10:9937780713

पछिल्लो बाहिरी पृष्ठबाट

किरण आचार्यकृत अर्को पौराणिक आख्यान हो, परशुराम । यसको कथानक सत्य र त्रेतायुगका सन्धिकालीन पात्र परशुरामको अद्भुत इहलीलामा आधारित छ । पौराणिक घटनावलि हेर्दा परशुराम रामकालमा पनि थिए र कृष्णकालमा पनि थिए । सप्तचिरञ्जीवीमध्ये एक मानिने उनी कलियुगको अन्त्यमा फेरि आउने भविष्यवाणी पनि विभिन्न ग्रन्थहरूमा छ ।

यसमा परशुरामको मात्र नभएर हैहयवंशका अधिपति कार्तवीर्य सहस्त्रार्जुनको पनि समानान्तर कथा छ । शस्त्रविद्याका धुरन्धर परशुरामले पृथ्वीका क्षत्रीयहरूको २१ पटक संहार गरेको विषय नै यस आख्यानको मुख्य आकर्षण हो । पाठकलाई हजारौँ वर्षअघिका कतिपय पात्र, घटना र परिवेश अहिले पनि हुबहु मिलेको अनुभूति हुनेछ । परशुराम प्राचीन सभ्यताको जरासम्म पुगेको आद्योपान्त रोचक, रोमाञ्चक र पठनीय आख्यान हो भन्नेमा दुबिधा छैन ।

मध्यपश्चिमी सहर नेपालगन्जलाई कर्मभूमि बनाउँदै कविता, मुक्तक, कथा, लघुकथा आदि साहित्यका विविध विधामा कलम चलाए पनि किरण आचार्यको बलियो पकड वैदिक एवं पौराणिक आख्यानमा छ। त्यसको सशक्त दसी-प्रमाण जरत्कारु (२०७९) हो। परशुराम उनको दोस्रो आख्यान एवं आठौं पुस्तक हो ।