Genre: | Political/Social |
---|---|
Language: | Nepali |
Paperback | |
Pages: | 298 |
विशेषणका रूपमा “पैदल” को अवधारणा विभिन्न पेशा र पेशाकर्मीसँग जोडेर प्रयोग गर्ने प्रचलन छ । भुईं तहमा पैरवी-अनुसन्धान गरिरहेका अध्येता, अभियन्ता, अधिकारकर्मी, सञ्चारकर्मी वा साधारणजनले अध्ययन-अनुसन्धानमा रुचि राख्ने र लेख्ने कामलाई यो पुस्तकमा “पैदल अनुसन्धान” (बेयरफुट रिसर्च) भनिएको छ । त्यस्तै, विभिन्न सामाजिक मुद्दामा आफूले गरिआएको पैरवीलाई नछोडी समुदायमै रहेर अनुसन्धान मूलक गतिविधि (लेखन सहित) मा पनि संलग्न रहने व्यक्तिलाई यहाँ “पैदल अनुसन्धाता” (बेयरफुट रिसर्चर) भनिएको छ । यो पुस्तक तिनै पैदल अनुसन्धाताहरूको क्षमता अभिवृद्धि कार्यक्रमको उपज हो ।समुदाय वा भुईं तहमा काम गर्ने अभियन्ताहरूले पनि कसरी आफ्नो पैरवी वा पत्रकारिताको अभ्यास सँगसँगै प्राज्ञिक ज्ञान उत्पादनमा योगदान गर्न सक्छन् भन्ने कुराको उदाहरण यो पुस्तकले देखाउँछ । त्यसैले, नेपालमा पैदल अनुसन्धान बारेको बहसका लागि यो पुस्तक एउटा प्रारम्भबिन्दु हुन सक्छ । आ-आफ्नो क्षेत्रमा लामो समयदेखि भुईं तहमा रहेर काम गरेका अनुभवी पैदल अनुसन्धाताद्वारा लेखिएका हुनाले पुस्तकमा संगृहित ११ लेख तत् तत् विषयका महत्त्वपूर्ण दस्तावेज हुन् । सम्बन्धित विषय/क्षेत्रमा थप अध्ययन-अनुसन्धान गर्न चाहने अनुसन्धाता तथा ती विषयप्रति रुचि राख्ने आम जिज्ञासु पाठकका लागि यो पुस्तक एउटा महत्त्वपूर्ण सन्दर्भ सामग्री हुनेछ ।
Mobile Apps
Contact