Nepali Sangeet Durbar

Nepali Sangeet Durbar

नेपाली सङ्गीत दरबार

Hardcover
Rs 999
Genre:Nepali History, Nepali Music
Language : Nepali
Published: January 06, 2024

Hardcover

Origin:Nepal
ISBN13:9789937753401
ISBN10:9937753406
Pages:266
Dimensions:5.8 x 8.8 x 0.8 inches
Weight:389 g

पुस्तकको बारेमा

हिमवत्खण्डका रूपमा समेत परिचित यस पावनभूमिमा ऋषिमुनिले नादब्रह्मको उपासना गरी सङ्गीतको ध्वनिले गुन्जायमान पारेको विभिन्न प्रसङ्गहरूबाट वैदिककालदेखि नै नेपालमा सङ्गीत धर्म-संस्कृतिको अभिन्न अङ्ग रहँदै आएको ज्ञात हुन्छ । सङ्गीतको पहिलो प्रामाणिक ग्रन्थ भरतनाट्य शास्त्रमा समेत नेपाललगायत प्राचीन भारतवर्षका अङ्ग, बङ्ग, कलिङ्ग, मगध, वत्श, अवध, पौण्द्र आदि राष्ट्रमा देशी (शास्त्रीय) सङ्गीतको प्रचलन रहेको भन्ने उल्लेख छ । यी प्राचीन राष्ट्रहरूमध्ये आज नेपालमात्र स्वतन्त्र र सार्वभौम राष्ट्र रहेबाट शास्त्रीय सङ्गीतको प्रचलन रहेको सबैभन्दा पुरानो राष्ट्र नेपाल नै भएको प्रमाणित हुन्छ । यही परम्परालाई अनुसरण गर्दै लिच्छविकालीन नेपालमा कला र संस्कृतिको दरिलो जग निर्माण हुनपुग्यो । काठमाडौं उपत्यका र आसपासमा केन्द्रित मल्ल राज्य, एकीकृत नेपालका शाहवंश तथा राणाकालमा भएका सांस्कृतिक गतिविधिले नेपालको सङ्गीतको इतिहास अनुपम बनेको छ । तत्कालीन समयमा राजदरबार तथा मठमन्दिरजस्ता धार्मिकस्थलहरू राष्ट्रको प्रमुख कला-केन्द्र रहेकाले सङ्गीतको संरक्षण र विकासमा राजा र शासकहरूको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ ।
सामवेदबाट शुरू भएको सङ्गीतको ध्वनिलाई विभिन्न कालखण्डका शास्त्रीय र लोकजीवनका भाका, वाद्य, नृत्य तथा सामाजिक-सांस्कृतिक परम्पराको खोज-अनुसन्धान र अन्वेषण गरी प्रामाणिक तथ्यहरूको आधारमा नेपाली सङ्गीतको सङ्क्षिप्त इतिहास लेख्ने प्रयास गरेका छन्- प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीले । नेपाली सङ्गीतको हालसम्मको विशद अनुसन्धान तथा तथ्यमा आधारित पहिलो पुस्तक हो- नेपाली सङ्गीत दरबार : आदिकालदेखि आधुनिककालसम्म ।