Nepali Mahakavyako Itihas ra Bishleshan

Nepali Mahakavyako Itihas ra Bishleshan

नेपाली महाकाव्यको इतिहास र विश्लेषण

Paperback
Rs 1055
Genre:Poetry Anthology
Language: Nepali
Published:September 24, 2022
Edition:1st
Paperback
Pages:936

About the Book

यो कृतिमा २३२ जना कविका प्रकाशित र केही अप्रकाशितसमेत गरी ४३२ वटा महाकाव्यात्मक कृतिको अध्ययन समावेश गरिएको छ । कृतिमा पछिल्लो अध्ययनानुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ ।

कृतिमा महाकाव्यको सिद्धान्त र नेपाली महाकाव्यको इतिहासका साथै नेपाली कवितामा शास्त्रीय छन्द प्रयोगको परम्परा, नेपाली महाकाव्यसम्बन्धी अन्य केही महत्त्वपूर्ण तथ्यहरूसमेत समेटिएका छन् ।

अध्ययनका क्रममा पहिले कविको परिचय दिई त्यसपछि महाकाव्यको सङ्क्षिप्त विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा विषयवस्तुका साथै संरचनागत पक्ष- सर्गगत, प्रकरणगत र छन्दगत विवरणसमेत दिई यस कृतिलाई सूचनामूलक र उपयोगी बनाइएको छ ।