Chandra Prasad Neupane

चन्द्रप्रसाद न्यौपाने

सिन्धुपाल्चोक जिल्लामा वि.स. २०२४ सालमा जन्मिएका चन्द्रप्रसाद न्यौपाने नेपाली छन्द साहित्यमा सबैभन्दा ठूलो महाकाव्य चन्द्रयुगका लेखक हुन् । चन्द्रयुगको ३२ हजार श्लोकको दोस्रो खण्ड पनि प्रकाशन भइसकेको छ ।

उनले अहिलेसम्म ७० हजार श्लोक लेखेर प्रकाशन गरिसकेका छन् । यो भनेको झण्डै ७० वटा किताब बराबर हो । उनका अनुसार ‘चन्द्रयुग’जतिको महाकाव्य हुन ३० वटा महाकाव्य जोड्नुपर्छ । न्यौपानेका एक दर्जन महाकाव्य प्रकाशन भइसकेका छन् । हालसम्म सबै गरेर न्यौपानेका ४० वटा पुस्तक प्रकाशन भइसकेका छन् । 

Books by Chandra Prasad Neupane