Genre: | Drama |
---|---|
Language: | Nepali |
Paperback | |
Pages: | 236 |
Weight: | 261 g |
Published: | August 03, 2022 |
Edition: | 1 |
यो कृतिमा नेपालको सातै प्रदेशको प्रतिनिधित्व हुने खालका ३० ओटा लोकनाटकहरूलाई एकै ठाउँमा समेटिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत तयार गरिएको यस कृति लोकसाहित्यप्रति चासो राख्ने जोकोहीका लागि बौद्धिक खुराक बन्ने छ । यस कृतिमा सामाजिक, पौराणिक, ऐतिहासिक वा जनश्रुुतिमूलक किंवदन्तीमा आधारित र अन्य गरी चार प्रकारका ३० ओटा लोकनाटकहरूको मूलपाठ र विश्लेषण एउटै ठाउँमा पाइने हुनाले यसबाट ज्ञान र मनोरञ्जन दुवै प्राप्त हुने देखिन्छ । यसमा लोकनाटकको सैद्धान्तिक स्वरूपका बारेमा जानकारी प्रस्तुत गरी हरेक लोकनाटकको विधातत्त्वका आधारमा विश्लेषणसमेत गरिएको छ ।