Misan's front cover

Misan

मिसन: दुवाकोटदेखि देश दुनियाँ
Misan's front coverMisan's back cover

Paperback

Rs 675

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

प्रहरी सेवामा आबद्ध श्रीहरि के. सी. को संस्मरणमा विषयगत नयाँपनका अनेकौँ किल्ला छन् । एक त प्रहरी प्रशासनभित्रका मूलधारको साहित्यमा हम्मेसी प्रविष्टि नपाउने विषय समेटिएका छन् । अर्कातिर सेवाकै क्रममा उनले गरेका विश्वका कतिपय महादेशका रोमाञ्चकारी यात्राले बोकिल्याएका नवीन अनुभव र अनुभूतिले यस कृतिलाई कुतूहलतापूर्ण बनाएका छन् । अमेरिका वा युरोपतिर त नेपाली लेखक वा अध्येता पुगिरहन्छन् र तिनको अनुभवसँग आम नेपाली पाठकको समानधर्मिता अपेक्षित छ । तर, हाइटी र सुडानजस्ता द्वन्द्वग्रस्त मुलुक आम नेपाली यात्रीका लागि सुगम छैनन् । यी देशका अन्तर्कथा नेपाली संस्मरण साहित्यमा त्यति समेटिएका पनि छैनन् । कृतिले समेटेका युरोप र अमेरिकाका कतिपय मुलुक तथा एसियाका थाइल्यान्ड, सिङ्गापुर, मलेसिया र भारतमा समेटिएका अनुभव पनि आम यात्रीको अनुभूतिको वृत्तभन्दा शान्तिस्थापकको वृत्तबाट उठाइएका हुनाले विशिष्ट र नवीन लाग्छन् । कतै गरिबी, विपन्नता र अशान्तिका कहालीलाग्दा अध्याय समेटिएका छन् भने कतै विकासका चरमसीमाका रहस्यलाई पर्गेल्ने प्रयास गरिएको छ । जुनै कोणबाट हेरिएको भए पनि यी दृष्टिका केन्द्रमा मानवता भेटिन्छ । शान्तिको उत्कट चाहना भेटिन्छ र समाजको समग्र अवस्थितिको आन्तरिकी भेटिन्छ । देश छोडेर विदेशको यात्रामा निस्कँदा पाइला पाइलामा देशको सम्झना र माया बल्झिरहने यथार्थ पनि यस संस्मरणको एक अति सूक्ष्म भावप्रवाह हो । ज्ञान, इच्छा र क्षमताको त्रिवेणी यो साहित्यिक प्रयास पाठकका लागि रुचिकर हुने देखिन्छ ।
-महेश पौड्याल

All Editions

Paperback
Page Turner Pvt. Ltd

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review